
काठमाडौँ – नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपालाई राजनीतिक व्यवहार गर्न माग गरेका छन् ।
आइतबार संसदमा विशेष समय लिएर बोल्दै भट्टराईले विप्लव समूहका प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई पटक–पटक पक्राउ गरेकोमा असन्तुष्टि जनाएका छन् । बाबुरामले यसाे भनिरहँदा प्रधानमन्त्री केपी शर्मा अाेली र गृहमन्त्री रामबहादुर थापा बादल पनि संसद बैठकमा उपस्थित थिए ।
‘उनीहरुले लिएको बोटोमा म सहमत छैन । तर, जुन मुद्दा उठाएका छन्, त्यो उठाउन पाउनु उनीहरुको अधिकार हो’ पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले भने, ‘उनीहरुलाई राजनीतिक शक्तिको रुपमा लिनुपर्छ ।’
अदालतले छाड्न आदेश दिएपछि पनि प्रक्राउ गर्दा पञ्चालतकालको हस्को (गन्ध) आएको उनले बताए । पञ्चायतमा दुःख व्यहोरेर आएका हामीले त्यो व्यवहार गर्नु हुँदैन’ भट्टराईले भने, ‘विव्लव समूहलाई राजनीतिक व्यवहार गर्नुपर्छ ।’
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्