
काठमाडौं – ‘बुढेसकालमा जन्मथलो नै चाहिने रहेछ, त्यही भएर म प्युठान आएँ, मेरो अन्त्यष्ठि यही झिम्रुक खोलामा गर्नुहोला’ २०७० सालको निर्वाचनमा तत्कालिन एमाले उपाध्यक्ष बामदेव गौतमले दिएको अभिब्यक्ति २०७४ सालको निर्वाचनमा अभिषाप सावित भयो । उनको यो भावनात्मक भनाईले २०७० सालमा प्युठानबाट चुनाव जितायो तर २०७४ सालमा बर्दियामा यही अभिब्यक्ति अभिषाप सिद्ध भयो र उनी चुनावमा पराजित भए ।
नेपाली कांग्रेसभन्दा ३० हजारबढि मत भएको बर्दियामा बामदेव गौतमको लज्जास्पद पराजित भए । भावी प्रधानमन्त्री बन्ने सपना बोकेका बामदेव गौतम धधुवारको धुलोमा ढले । तरपनि उनले प्रधानमन्त्री बन्ने चाहना छोडेका छैनन् । उनी पुनः निर्वाचन लड्ने अन्तिम सोचमा पुगेका छन् । निर्वाचन लड्न जन्म थालो र कर्म थालोलाई छोडेर डोल्पालाई रोजेका छन् । गौतमको सोचमा नेकपाका दुई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र केपी शर्मा ओलीले अनौपचारिक स्वीकृति पनि दिइसकेका छन् ।
ओली र दाहालले अनौपचारिक स्वीकृति दिएपछि आफ्ना विश्वास पात्र तथा पूर्व सुरक्षा पीएओलाई गौतमले डोल्पाको प्रहरी प्रमुख बनाएर पठाएका छन् । डोल्पाका सांसद धनबहादुर बुढालाई राजीनामा गराएर उनी चुनाव लड्ने तयारी छन् । तर डोल्पा भने विभाजित र विवादीत बन्न थालेको छ । ‘मसंग भेट हुँदा बामदेव कमरेड डोल्पाबाटै चुनाव लड्ने तयारीमा हुनुहुन्छ, डोल्पाली नेता तथा नेकपाका केन्द्रीय सदस्य हंसबहादुर शाहीले भने ‘बामदेव कमरेड डोल्पा आउँदा नकार्नुपर्ने कुनै कारण छैन ।’
डोल्पामा बामदेव जाने चर्चासँग मत विभाजन हुन थालेको छ । केही समयअघि ‘बामदेवलाई डोल्पामा स्वागत छ तर अहिले होइन अर्काे निर्वाचनमा’ भन्दै डोल्पाली युवाले अभियान नै सञ्चालन गरेका थिए । मतदाता नै विभाजित भएपछि गौतम पुन पराजय हुनसक्ने आशंका गरिएको छ । तर नेकपा नेता शाही भन्छन् ‘बामदेव कमरेडले उम्मेद्धारी दर्ता मात्र गरे पुग्छ, बिजयको माला लगाउन कठिन छैन ।’
आफैले निर्वाचित गरेका सांसदलाई राजीनामा गराएर बामदेवलाई चुनाव लडाउने पक्षमा डोल्पाली नेता कार्यकर्ता छैनन् । बामदेवलाई डोल्पाले खोजेको होइन, बालुवाटार र धुम्वाराहीले रोजेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्