×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

वामदेव गौतमलाई सांसद बनाउन पदबाट राजीनामा दिँदैछन् यी मन्त्री, यस्तो छ तयारी

PRIME CA
GLOBAL IME BANK

वामदेव गौतमलाई सांसद बनाउन पदबाट राजीनामा दिँदैछन् यी मन्त्री, यस्तो छ तयारी

६ भाद्र २०७५, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उडड्यन राज्यमन्त्री धनबहादुर बुढा पदबाट राजीनामा दिन लागेका छन् । नेकपाका सचिवालय सदस्य वामदेव गौतमलाई सांसद बनाउनका लागि राज्यमन्त्री बुढा पदबाट राजीनामा दिन लागेको स्रोतले बताएको छ ।
गौतमले डोल्पाबाट सांसद बनेका बुढालाई राजीनामा गराएर उपनिर्वाचनमार्फत प्रतिनिधिसभा सांसद बन्न खोजेपछि सत्तारुढ दल नेकपाका अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले समेत तयारी गरेका छन् ।
प्रतिनिधिसभा चुनावमा बर्दिया १ बाट पराजित गौतमलाई संसद्मा ल्याउन नेकपाका दुवै अध्यक्ष (प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल) ले ग्रिन सिग्नल दिएपछि उनका लागि पर्यटन राज्यमन्त्री बुढा राजीनामा दिएर बाटो खोल्न तयार भएका हुन् । राज्यमन्त्री बुढाले एक चरण डोल्पाका दुई नगरपालिका त्रिपुरासुन्दरी र ठूलीभेरी नगरपालिका पुगेर जनतालाई जानकारी गराउने र काठमाडौं आई राजीनामा दिने तयारी गरेका छन् । बुढा ७ भदौमा डोल्पा जाँदै छन् ।
स्रोतका अनुसार उनले भदौ १२ मा राजीनामा दिने तयारी गरेका छन् । त्यसको पुष्टि उनले मंगलबार आफ्नै कार्यकक्ष सिंहदरबार पुगेका जिल्लाका प्रदेशसभाका सांसद, पूर्वमन्त्री नरबहादुर बुढाथोकी, जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख, केही गाउँपालिकाका अध्यक्षसँगको छलफलमा गरेका हुन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: