×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ऊर्जामन्त्रीको निर्देशनः समयमा आयोजना नसक्नेलाई ‘टेण्डर’ नदिनुस्

PRIME CA
GLOBAL IME BANK

ऊर्जामन्त्रीको निर्देशनः समयमा आयोजना नसक्नेलाई ‘टेण्डर’ नदिनुस्

८ भाद्र २०७५, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ – ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले दबाब र प्रभावका आधारमा परियोजना छनोट हुने दिन गएको बताएका छन् ।
ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयको वार्षिक समीक्षा तथा मन्त्रालय स्तरीय विकास समस्या समाधान समितिको बैठकमा ऊर्जामन्त्री पुनले अब प्राथमिकताका आधारमा मात्र परियोजना छनोट हुने बताएका हुन् । ‘आयोजनाको काम भएको छ, छैन भनेर अनुुगमन गर्नुहोस्, के प्रगति भइरहेको छ । त्यो जानकारी दिनुहोस्,’ मन्त्री पुुनले भने ।
मन्त्री पुुनले तोकिएको मितिमै आयोजना सम्पन्न नगर्नेलाई फेरि टेन्डर नदिन पनि निर्देशन दिए । ‘जसले आयोजना बनाउदैन, त्यसैलाई फेरि–फेरि टेण्डर दिनुहुन्छ । अब त्यस्तालाई आयोजना नदिनुहोस्। त्यसका लागि एउटा निश्चित कार्यविधि बनाऔं । काम गर्ने शैली परिवर्तन गर्नुहोस् ।’
मन्त्री पुनले अब छिटो काम गर्ने प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । ‘संघीयताको सुन्दर पक्ष यही हो, संघभन्दा प्रदेशले राम्रो गर्ने हुनसक्छ । त्यसैले संघीय सरकारले उत्कृष्ट काम गरेर देखाउनुुपर्छ ।’
मन्त्री पुनले राष्ट्रिय गौरवका आयोजनाको स्रोत, बजेट र जनशक्तिको अभाव नहुने बताए । कार्यक्रममा ऊर्जा मन्त्रालयको कार्यक्षेत्रभित्र आर्थिक वर्ष २०७४–०७५ भित्र भए गरेका विकास सम्बन्धी उपलब्धी, त्यसको चुनौती, कानूनी समस्या, व्यवहारिक समस्या र समस्या समाधान गर्न अपनाउनुपर्ने विधि, रणनीतिबारे छलफल भएको थियो ।
ऊर्जा मन्त्रालयले विभिन्न चुनौती र समस्याका बाबजुद प्राप्त गरेको उपलब्धी र यसको सबल पक्षहरु तथा कमजोर एवं सुधार गर्नुपर्ने पक्षबारे छलफल भएको थियो । कार्यक्रममा ऊर्जा मन्त्रालयका सहसचिव दीनेशकुमार घिमिरेले ऊर्जा, जलविद्युत–सौर्यऊर्जाको बारेमा प्रस्तुती राखेका थिए, भने सहससचिव सुशीलचन्द्र तिवारीले सिंचाइतर्फको प्रस्तुती राखेका थिए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: