
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ- सेञ्चुरी कमर्सियल बैंक लिमीटेडले आर्थिक वर्ष २०७४/७५ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार बैंकले ८७ करोड ५७ लाखखुद नाफा आर्जन गरेको छ । यो नाफा वितरणयोग्य मुनाफा हो ।
विवरण अनुसार बैंकको संचालन नाफा १ अर्ब २७ करोड पुगेको छ ।यता अघिल्लो वर्ष १ अर्ब १३ करोड रहेको खुद ब्याज आम्दानी १ अर्ब ८३ करोड छ । समीक्षा अवधिमा सेञ्चुरी बैंकले ६१ अर्ब ३२ करोड निक्षेप संकलन गरी ५४ अर्ब ९८ करोड कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष यही अवधिमा ४२ अर्ब ५९ करोड निक्षेप संकलन गरी ३९ अर्ब ५० करोड कर्जा परिचालन गरेको थियो । बैंकले जगेडाकोषको आकारलाई १ अर्ब ४५ करोडको आकार बनाउन सफल भएको छ । बैंकले खराब कर्जालाई र ०.४० प्रतिशतमा झार्न सफलसमेत भएको छ ।
समीक्षा अवधिमा बैंकको सीडी रेसियो ७५.७८ प्रतिशत छ भने कस्ट अफ फण्ड ८.८६ प्रतिशत छ । इक्वीटीमा प्रतिफल १०.१६ प्रतिशत कायम भएको छ भने छ भने सम्पत्तिमा प्रतिफल १.२० प्रतिशत कायम भएको छ । यता बैंकको प्रतिसेयर आम्दानी(इपीएस) बढेर १०.८६ रुपैयाँ कायम भएको छ भने प्रतिसेयर नेटवर्थ ११८.०८ रुपैयाँ र मूल्य आम्दानी अनुपात १५.५६ गुणा कायम भएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्