
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का महाप्रबन्धक चन्द्रसिंह साउदले छिट्टै नै लगानीकर्ताहरुले अनलाइन पूर्ण स्वचालित कारोबार प्रणाली अन्तर्गत कारोबार गर्न पाउने बताएका छन् । साथै उनले १५ दिन भित्र मोक कारोबारको व्यवस्था मिलाउने तयारी भइरहेको बताएका छन् ।
आफुलाई लगानीकर्ताका संघ भन्न रुचाउने केहि अन्य संघहरु सुस्ताईरहेका बेला लगानीकर्ताको मनोभावना अनुरुप नेपाल पूँजीबजार लगानीकर्ता संघले आइतबार राजधानीमा आयोजना गरेको एक विशेष अन्तरक्रिया कार्यक्रमका बीच उपस्थितहरुलाई सम्बोधन गर्दै साउदले यस्तो जानकारी दिएका हुन् ।
‘अब ढिलोमा पनि २ महिनाभित्रमा अनलाइन कारोबार प्रणालीको पूर्ण कार्यान्वयन भइसक्नेछ । तपाई लगानीकर्ताहरुले १५ दिनभित्र मोक कारोबारको सुविधा पाइसक्नुहुनेछ ।’ कार्यक्रममा सम्बोधन गर्दै साउदले भने । साउन १ गतेदेखि परीक्षणमा आएको प्रणालीलाई लगानीकर्ताले नरुचाएको र उक्त प्रणाली सोचेजस्तो नभएको बताउँदै उनले त्यसमा समेत सुधारको काम भइरहेको बताएका छन् ।
उक्त कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर, नेकपाका नेता माधव कुमार नेपाल र अन्य निष्क्रिय प्राय भएका लगानीकर्ता संघका पदाधिकारीहरु र लगानीकर्ताहरुको उस्पस्थित थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्