
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको न्यूरोड शाखामा धरौटी राखेको साढे ७ किलो सुन गायब बनाउने कर्मचारीसहित पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ । यसअघि बैंकका अन्य साखामा पनि धरौटीमा राखिएको सुन हराएको खबर अर्थ सरोकार डटकमले ब्रेक गरेको थियो । सीआइबीले सुन धरौटी राखेर लिएका ऋणी र बैंकका कर्मचारीलाई पक्राउ गरेको बताएको छ ।
अर्थ सरोकार डटकमलाइ प्राप्त जानकारी अनुसार अनुसन्धानमा सुन धरौटी राखेभन्दा बढी तौल बताएर ऋण प्रवाहका लागि सिफारिश गर्ने बैंकका वरिष्ठ र कनिष्ठ सुन जाँचकीको संलग्नता खुलेको छ । उनीहरुले बैंकमा राखेको सुन जानकारी र अनुमति बिना बैंकबाट झिकेर अपचलन गरेको समेत खुलेको छ । सिटिजन्स बैंकका कर्मचारीले बैंकको सुन झिकेर घर लैजाने गरेको खबरबारे बुझ्दा यसअघि बैंकले उक्त खबरमा कुनै सत्यता नरहेको दावी गरेको थियो । तर बैंकबाट सुन हराएको पुष्टी भएसंगै प्रहरीले सुरु गरेको अनुसन्धानका क्रममा यस्तो भेटिएको हो । ब्युरोका एसपी सानुराम भट्टराईले अर्थ सरोकार डटकमलाइ दिएको जानकारी अनुसार जम्मा सात किलो चारसय ९७ ग्राम सुन अपुग भएपछि बैंकले अनुसन्धानका लागि आग्रह गरेको हो ।उनले अर्थ सरोकारलाइ दिएको जानकारी अनुसार पक्राउ परेका पाँचैजना बिरुद्ध २ करोड २८ लाख ३८ हजार रुपैयाँ बराबर बैकिंग कारोबारमा हानी नोक्सानी पुर्याएको मुद्दामा अनुसन्धान भइरहेको छ ।
ब्युरोले मंगलबार काठमाडौंका विभिन्न स्थानबाट बैंकका वरिष्ठ सुन जाँचकी सामिन शाक्य र सहायक सुन जाँचकी विन्देश शाक्यलाई पक्राउ गरेको हो । सिटिजन्स बैंककै गोप्य स्रोतले दिएको जानकारी अनुसार यसअघि दुइ साखमा भएका सुनकाण्डको पनि अनुसन्धान भित्री रुपमा भइरहेको छ । स्मरण रहोस् सिटिजन्स बैंकमा भएका सुनकाण्डका बारेमा खबरहरु अर्थ सरोकार डटकमले ब्रेक गरेको थियो भने अर्थ सरोकार यस विषयमा निरन्तर फलोअपमा छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्