×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

१६७% हकप्रदमा मूल्य समायोजनपछि सिटी एक्सप्रेसको कतिमा खुल्यो सेयर कारोबार ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

१६७% हकप्रदमा मूल्य समायोजनपछि सिटी एक्सप्रेसको कतिमा खुल्यो सेयर कारोबार ?

२१ श्रावण २०७५, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – सिटी एक्सप्रेस फाइनान्स कम्पनीको १६७% हकप्रद सेयरमा मूल्य समायोजन भएको छ । हकप्रदको मूल्य समायोजनपछि यो फाइनान्सको सेयर भाउ १०८ रुपैयाँ ६१ पैसा कायम भएको र यहि मूल्यलाई आधार मानेर सेयर खुलेको छ । यसको औसत आधार मूल्य भने १५४ रुपैयाँ ३१ पैसा छ ।
सिटी एक्सप्रेसले भदौ १ गतेदेखि १ः१.६७ अनुपातमा २५ लाख कित्ता हकप्रद सेयर बिक्री गर्दैछ । हकप्रद बिक्रीका लागि कम्पनीले सोमबार बुक क्लोज गरेको हो । यो हकप्रद असोज ४ गतेसम्म भर्न पाइनेछ । 
बिक्री प्रबन्धक काठमाडौं क्यापिटल मार्केट, कमलादी र सिटी एक्सप्रेसको केन्द्रीय कार्यालय दरबारमार्ग तथा यसका गाईघाट उदयपुर र बिर्तामोड झापाबाट आवेदन दिन पाइन्छ । यसैगरी, सी–आस्वामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट पनि हकप्रद भर्न सकिन्छ ।  हकप्रद बिक्रीपछि सिटी एक्सप्रेसको चुक्ता पुँजी ४० करोड रुपैयाँ पुग्नेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी