×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ओली-प्रचण्डका मेयरले बढाएको कर काँग्रेसबाट निर्वाचित वडा अध्यक्षले उल्टाए, जनताले दिए धन्यवाद

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

ओली-प्रचण्डका मेयरले बढाएको कर काँग्रेसबाट निर्वाचित वडा अध्यक्षले उल्टाए, जनताले दिए धन्यवाद

५ भाद्र २०७५, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – जनताको ढाड सक्नेगरी केपी-प्रचण्डको ठाडो निर्देशनमा अत्यधिकरुपमा बढाइएको करको जताततै विरोध भैरहेको बेला धरानमा जनप्रतिनिधिहरुले विद्रोह गरेका छन् ।
धरान उपमहानगरपालिकाले ऐन, कानुन र जनहीत विपरित चर्को कर वृद्धी गरेको भन्दै काँग्रेसबाट निर्वाचित वडा अध्यक्षहरुले विद्रोह गरेका हुन् ।
विद्रोह गरेका उनीहरुले आफहरुको सम्वन्धित वडामा पञ्जिकरण सम्बन्धि सेवाहरु निःशुल्क गराएका छन् । धरान उपमहानगरपालिकाको नेपाली काँग्रेसले जीतेका वडाहरु १, २, ५, १४ र १८ वडाका अध्यक्षहरुले जन्म दर्ता, मृत्यु दर्ता, विवाह दर्ता लगायतका पञ्जिकरण सम्बन्धि सेवाहरु निःशुल्क गराउने जानकारी गराएका हुन् ।
नेपाली काँग्रेसबाट निर्वाचित वडा अध्यक्षहरु रोशन अधिकारी, माधव गोविन्द श्रेष्ठ, सन्तोष लिम्वु, कृष्ण भट्टराई र प्रविन राईले संयुक्त हस्ताक्षर गरि वडावासीहरुलाई उक्त जानकारी गराएका हुन् ।
धरान उपमहानगरपालिकाले ऐन, कानुन र जनहीत विपरित चर्को कर वृद्धी गरेको भन्दै काँग्रेस वडा अध्यक्षहरुले उपरोक्त सेवाहरुलाई निःशुल्क गराएका हुन् ।
नेपाली काँग्रेसका जिल्ला सचिव एवम् प्रवक्ता सुजेन्द्र तामाङले वडाध्यक्षहरुले जनताको पक्षमा साहसका साथ ऐतिहासिक कार्य गरेको भन्दै पाँचै जना वडा अध्यक्षहरुलाई हार्दिक धन्यवाद तथा वडावासी जनतालाई हार्दिक बधाई दिएका छन् ।
तामाङले हरेक शिर्षकमा जथाभावी अव्यवहारिक र अवैज्ञानिक ढंगले वृद्धी गरेको कर फिर्ता नलिए नेपाली काँग्रेसले सशक्त विरोध गर्ने समेत बताए ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी