×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सर्वाेच्चका न्यायाधीशले इजलास बहिष्कार गर्ने संकेत पाएपछि दिपकराज जोशीले कुर्सी छोडे

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

सर्वाेच्चका न्यायाधीशले इजलास बहिष्कार गर्ने संकेत पाएपछि दिपकराज जोशीले कुर्सी छोडे

Artha Sarokar

२० श्रावण २०७५, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – सर्वाेच्च अदालतमा कार्यरत न्यायाधीशहरुले बेन्च बहिष्कार गर्ने चेतावनी दिएपछि कामु प्रधानन्यायाधीश दीपकराज जोशी विदा बसेका छन् । संसदीय सुनुवाई समितिले प्रधानन्यायाधीश बन्न जोशी अयोग्य रहेको ठहर गरेपछि सर्वाेच्च अदालतमा कार्यरत न्यायाधीशहरु पनि उनका विपक्षमा उभिएका हुन् ।
सहकर्मीहरु नै विपक्षमा पुगेपछि जोशी आइतवारदेखि विदामा बसेका छन् । पूर्वप्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले तोकेको पेशीमा सुनुवाई नगर्ने पहिलो ब्यक्ति थिए दीपकराज जोशी । सर्वाेच्च अदालतमा पुन त्यही चक्र दोहोरिने संकेत पाएपछि जोशी विदामा बसेका हुन् ।
संसदीय सुनुवाई समितिले अयोग्य घोषणा गरेपछि पनि पदबाट राजीनामा नदिने जिकिर जोशीले गर्दै आएका थिए । आफ्नै सहकर्मी न्यायाधीशहरुले उनले तोकेको पेशीमा सुनुवाई नगर्ने स्पष्ट जानकारी गराएपछि उनी थप संकटमा परेका हुन् ।
संसदीय सुनुवाई समितिले अस्वीकार गरेपनि आधिकारीक पत्र भने जोशीले पाएका छैनन् । पत्र पाएपछि उनी राजीनामा दिने मनसायमा पुगेको सर्वाेच्च अदालतल स्रोतले बताएको छ । उनले राजीनामा दिएपछि मात्र नयाँ प्रधानन्यायाधीश सिफारिसको बाटो खुल्नेछ । नयाँ प्रधानन्यायाधीशका लागि न्यायपरिषदले सिफारिस गर्नुेपर्ने कानुनी प्रावधान छ । न्यायपरिषदको अध्यक्ष प्रधानन्यायाधीश हुन् ।
कामु प्रधानन्यायाधीश जोशी हाल न्यायपरिषदको अध्यक्ष छन् । उनले राजीनामा दिए सर्वाेच्च अदालतका बरिष्ठतम न्यायाधीश कामु बन्दै न्यायपरिषदको अध्यक्ष हुनेछन् । त्यही समितिले नयाँ प्रधानन्यायाधीशको सिफारिस गर्नेछ ।
जोशी विदामा बसेपछि अर्का वरिष्ठतम न्यायाधीश ओमप्रकाश मिश्रले आइतवारदेखि पेशी तोक्नेछन् ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी