
काठमाडौँ – ‘सरल लघु बैंकिङ्ग’ मूल नारा लिएर नमोबुद्व न.पा. वडा नं.–०२ भकुण्डेवेशी, काभ्रेमा केन्द्रीय कार्यालय रहने गरी राष्ट्रिय स्तरको कार्य क्षेत्र भएको दिव्य लघुवित्त वित्तीय संस्था लि. संचालन गरेको छ । नेपाल राष्ट्र बैंकका वरिष्ठ डेपुटी गभर्नर तथा कार्यक्रमका प्रमुख अतिथि चिन्तामणि शिवाकोटीले २०७५ साल श्रावण २३ गते बुधबार आयोजित एक समारोहकावीच उद्घाटन गरे ।


उद्घाटन कार्यक्रममा वित्तीय संस्थाको संस्थापक लगानीकर्ता सेन्चुरी कर्मसियल बैंक लि. का अध्यक्ष राजेश श्रेष्ठ, नमोबुद्व उद्योग बाणिज्य संघका अध्यक्ष वशु नारायण श्रेष्ठ लगायतले संस्थाको उत्तरोत्तर प्रगतिको कामना गर्दै छिट्टैनै नेपालको सबैभन्दा ठुलो लघुवित्त वित्तीय संस्थाका रुपमा स्थापित हुन सफल होस् भन्ने शुभकामना व्यक्त गरे ।
कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत किरण बिष्टले स्वागत मन्तव्य राखेका थिए भने उद्घाटन कार्यक्रम सञ्चालन संस्थाका कम्पनी सचिव पुरुषोत्तम प्रसाद घिमिरेले गरेको थियो ।
संस्थाका अध्यक्ष जीवन भट्टराईको सभापतित्वमा सम्पन्न कार्यक्रम समापन गर्ने क्रममा उहाँले विपन्न वर्गमा जाने कर्जा बैंक तथा फाइनान्स कम्पनी स्वयंले प्रत्यक्ष लगानी गर्नु भन्दा लघुवित्त वित्तीय संस्थाहरु मार्फत मात्र लगानी गर्ने नीति बनाउन सकेमा लघुवित्तीय संस्थाहरुलाई कार्य गर्न अलिक सहज हुने कुरा राख्दै समारोहमा उपस्थित सबैलाई धन्यवाद ज्ञापन गरेका थिए।
कम्पनी रजिष्ट्रारको कार्यालयमा मिति २०७४ साल कार्तिक ८ गते दर्ता भई नेपाल राष्ट्र बैंकबाट मिति २०७५ साल असार १९ गते वित्तीय कारोवार गर्ने ईजाजत पाएको यस वित्तिय संस्थाको अधिकृत पूंजी २० करोड, जारी पूँजी ११ करोड र हालको चुक्ता पूँजी ७ करोड ७० लाख रहेको छ । चुक्ता पूँजीमध्ये संस्थागत लगानीकर्ता सेञ्चुरी कमर्सियल बैंक लि. र कैलाश विकास बैंक लि. को ५१ प्रतिशत तथा व्यक्तिगत लगानीकर्ताको ४९ प्रतिशत संस्थापक शेयर रहेको छ ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्