×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल बैंकको एफपीओ भर्न आज अन्तिम मौका, क-कसले पाइन्छ भर्न ?

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

नेपाल बैंकको एफपीओ भर्न आज अन्तिम मौका, क-कसले पाइन्छ भर्न ?

Artha Sarokar

१७ श्रावण २०७५, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – नेपाल बैंकले एफपीओ भर्ने बिहिबार अन्तिम दिन रहेको छ । बैंकले यो एफपीओ आफ्ना संस्थापक तथा सञ्चालक र उनीहरुको परिवारका लागि खुला गरेको हो । यसअघि बिक्री खुला गरेको समयमा संस्थागत र सर्वसाधारण लगानीकर्ताले सबै कित्ता सेयरमा आवेदन नदिएपछि संस्थापक, सञ्चालक तथा तिनका परिवारले समेत भर्न पाउने गरी मंगलबारदेखि यो एफपीओ बिक्री खुला गरिएको हो । 
यसमा संस्थापक, सञ्चालक समितिका पदाधिकारी, बैंक व्यवस्थापन, लेखापरीक्षक लगायतले पनि सेयर भर्न सक्नेछन् । उनीहरुका परिवारले सेयर भर्न सक्नेछन् । अब पनि बाँकी रहेको सबै सेयर अन्डरराइटरले स्वीकार गर्नुपर्नेछ । यसमा सी–आस्वाको माध्यमबाट बिभिन्न बैंक तथा वित्तीय संस्था तथा तिनका शाखाबाट आवेदन दिन सकिनेछ ।
नेपाल बैंकले सरकारको हिस्सा ५१% र सर्वसाधारणको ४९% कायम गर्न एफपीओ जारी गरेको हो । हाल बैंकको चुक्ता पुँजी ८ अर्ब ४ करोड २६ लाख ६२ हजार रुपैयाँ छ । सम्पूर्ण एफपीओ बिक्रीपछि बैंकको चुक्ता पुँजी ९ अर्ब ८१ करोड ११ लाख ४८ हजार रुपैयाँ पुग्नेछ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी