×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मोदीलाई कालोझण्डा देखाउन खोज्दाखोज्दै फणिन्द्र नेपाल पक्राउ

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

मोदीलाई कालोझण्डा देखाउन खोज्दाखोज्दै फणिन्द्र नेपाल पक्राउ

Artha Sarokar

१४ भाद्र २०७५, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई कालोझण्डा देखाउन निस्कन खोज्दा ग्रेटर नेपालका अध्यक्ष फणिन्द्र नेपाल पक्राउ परेका छन् ।
नेपाललाई सादा पोशाकमा खटिएका प्रहरीले बिहीबार बिहान उनकै निवासबाट पक्राउ गरेका हुन् । मोदी आउने समयमा विमानस्थल बाहिरको सडकमा कालो झण्डा देखाउने तयारी गरेको भन्दै प्रहरीले नेपाललाई पक्राउ गरी हिरासतमा लिएको हो ।
ग्रेटर नेपालको गतिविधिमा प्रहरीले लामो समयदेखि निगरानी राख्दै आएको छ । ग्रेटर नेपालले सुगौली सन्धि अघिका सबै भूभाग भारतले फिर्ता गर्नुपर्ने माग राख्दै आएको छ।
यस अघि भारतीय प्रधानमन्त्री मोदी जनकपुर र मुक्तिनाथको धार्मिक भ्रमणमा आउँदा पनि दाहाललाई प्रहरीले पक्राउ गरेर तीन दिन हिरासतमा राखेपछि रिहा गरेको थियो । उनलाई यो पटक पनि विमस्टेक सम्मेलन अवधिभर थुनामै राख्ने जानकारी प्रहरी स्रोतले दिएको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी