
काठमाडौं – नेपाली कांग्रेसका सांसद गगन थापाले सरकारले करको व्यवस्थापनमा ध्यान नदिएकाले कोलाहल उत्पन्न भएको बताएका छन् ।
स्थानीय निकायमा बढेको करको नियमन गर्न स्थानीय निकाय सञ्चालन निर्देशिका बनाउनमा सरकारले ध्यान नदिइएकाले यस्तो अवस्था आएको उनले बताए।
प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै थापाले वित्तीय आयोगको महत्व प्रधानमन्त्रीले नबुझेकाले पनि करबारे कोलाहल मच्चिएको बताए। कर कै कारण संघीयता बदनाम हुन लागेको थापाको आरोप थियो।
प्रधानमन्त्रीलाई करको नियमन व्यवस्थापनमा ध्यान दिन आग्रह गर्दै थापाले भने, ‘प्रदेशसभा डुलेर उपदेश दिन छाड्नुस्, अन्तरवार्तामा रमाइलो र रोइल पनि छाड्नुस्। सम्मानीय प्रधानमन्त्रीजी गर्नु पर्ने काम गर्नुस्। यतिमात्र बुझ्दिए पुग्छ। संघीयता असफल हुँदा प्रधानमन्त्री सफल बन्नुहुन्न। संघीयताको असफलतासँगै त्यो प्रधानमन्त्रीको पनि असफलता हुन्छ।’
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्