Skip to content
LAXMI SUNRISE BANK

प्रधानमन्त्रीको हतारोमा गगन थापाको आइटम डान्स ! खोई योगेशलाई भूमिका ?

अर्थ सरोकार

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको तेजोवोध गर्न प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले युवा नेता गगन थापालाई ब्यवस्थापिका संसदमा उतारेको छ । शब्दको पकडमा निकै शक्तिशाली प्रधानमन्त्री ओलीलाई थापाले आधा दर्जन पटक संसदमा चुनौति दिइसकेका छन् । ओली प्रधानमन्त्रीको कुर्सीमा भर्खर मात्र के बसेका थिए थापाले चुनौति दिँदै भनेका थिए ‘प्रधानमन्त्रीज्यू, तपाईले चुनावी घोषणापत्रमा बाँडेका सपना अब उधारोमा होइन, नगदमा चाहिन्छ, प्रतिपक्ष दलको बेन्चमा बसेर हामी खनखन्ती हिसाव माग्छौ ।’ थापाले प्रधानमन्त्रीको कडा जवाफ आउने त्यही बेला अनुमान गरेर भनेका थिए, ‘तपाई अब पार्टीको नेता मात्र हैन देशको र मेरो प्रधानमन्त्री हो, बोल्ने बेला विचार पुरयाउनु होला ।’
थापाको सुरुवाती कडा प्रश्नको जवाफ प्रधानमन्त्रीले सालिनरुपमा दिए । लगभग दुई तिहाईको संख्यामा रहेका नेकपा सांसदहरु भने मौन रहे । त्यसपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउँदा ‘अरुलाई लम्पसारबादी भन्ने प्रधानमन्त्री ओलीज्यू तपाईको घुँडामा प्वाल परयोकी ?’ भन्ने कडा टिप्पनी थापाले गरे । मोदी नेपाल आउँदा प्रदेश नम्वर २ सरकारले केही कमजोरी गरेपनि केन्द्रीय सरकारकातर्फबाट कुनै गल्ति भएको थिएन । तर थापाले प्रहार गर्दा नेकपा सांसदहरु मौन बसे, जवाफ प्रधानमन्त्रीले नै फर्काए ।
त्यसपछि डा. गोविन्द केसी प्रकरणमा उनी निकै आक्रोसित भए । माइतिघर मण्डलामा पुगेर ओली सरकारको सत्तोसराप गरे । संसदमा पनि उनले ओली सरकारको आलोचना मात्र गरेनन, आफु स्वास्थ्यमन्त्री हुँदा गरेको कामको मार्केटिङ पनि गरे । गोविन्द केसीलाई प्रयोग गर्दै उनले सडकदेखि संसदसम्म कांग्रेसको राजनीति गरेपनि सत्तापक्षका सांसदहरु मौन नै रहे ।
संस्कृत विश्वविद्यालयका उपकुलपतिका पक्षमा कुर्लेका गगन थापालाई कामु प्रधानन्यायाशीको मसला तयार भइसकेको छ । प्रधानन्यायाधीश दीपकराज जोशी प्रकरणमा नेकपा नेता योगेश भट्टराइले नेतृत्व गरेका थिए । गगन थापाको गर्जनमा प्रधानमन्त्री ओलीले संसदमा भट्टराईलाई उर्तान आवश्यक छ । तर ओलीले भट्टराईजस्ता शक्तिशाली र शब्दमा पडक भएका नेताहरुलाई संसदमा भूमिका धेरै दिने गरेका छैनन् ।
ओली सरकारले हतारोमा केही राम्रा काम थाल्यो । सडकको सिन्डीकेट, गुणस्तरहीन निर्माण कार्य थाल्ने ठेकेदार र बैदेशिक रोजगारको ज्यादती रोक्न प्रयास थाल्यो । ऐन, कानुन नै निर्माण नगरी ओली सरकारले हतारो देखाउँदा पूर्णतया सफल हुन सकेन । त्यसको फाइदा कांग्रेसलाई गयो । कांग्रेसभन्दा गगन थापामाथी गयो । उनले ओली सरकारको हतारोमा आइटम डान्स देखाए ।
गगन थापाले सहि प्रतिपक्षको भूमिका निर्वाह गरिरहेका छन् । ओली सरकारसँग कडा सवाल जवाफ गर्न सक्ने कांग्रेसभित्र सिमित नेता छन् । ती मध्येका प्रखर ब्यक्ति थापा नै हुन् । कहिँले काँही कांग्रेस सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले प्रदीप गिरीलाई अगाडी सारेपनि बढि सयम भने थापालाई नै दिने गरेका छन् । थापाले संसदमा विगतमा कांग्रेसले गरेका राम्रा नराम्रा कुनै पनि प्रसंग उठाउँदैनन्, वर्तमान सरकारले गरेका राम्रा कामको पनि प्रभावकारीरुपमा विरोध गर्न सकेका छन् । सरकारको प्रभावकारीरुपमा विरोध गर्ने हैसियत कांग्रेस शिर्ष नेतृत्वमा अभाव नै देखिएको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK