
- अर्थ सरोकार सम्बाददाता
काठमाण्डौ – ग्लोबल आइएमई बैंकले आर्थिक वर्ष २०७४/७५ को चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले नेपाल फाइनान्सियल रिपोर्टिङ स्ट्याण्डर्ड (एनएफआरएस) अनुरुपको वित्तीय विवरण सार्वजनिक गरेको हो । सार्वजनिक भएको विवरण अनुसार समीक्षा अवधिमा बैंकले २ अर्ब १५ करोड खूद नाफा कमाएको छ । बैंकले खूद ब्याज आम्दानीतर्फ ७.३२ प्रतिशतको प्रगति गरेको छ । अघिल्लो वर्ष ३ अर्ब ५६ करोड रहेको खूद ब्याज आम्दानीलाई बढाएर बैंकले यो वर्ष ३ अर्ब ८२ करोड रुपैयाँ पुर्याउन सफल भएको छ ।
सार्वजनिक गरिएको विवरण अनुसार बैंकको संचालन नाफा बढेर २ अर्ब २५ करोड पुगेको छ । यता निक्षेप संकलनमा ४.५१ प्रतिशतको प्रगति गरेको बैंकले कर्जातर्फ १५.५३ प्रतिशतको प्रगति गरेको छ । जगेडाकोषतर्फ बैंकले ८९.२५ प्रतिशतको प्रगति गरेको छ । यता बैंकले समीक्षा अवधिमा बैंकले खराब कर्जाको अनुपातलाई घटाएको छ । अघिल्लो वर्ष १.६० प्रतिशतको अनुपातमा रहेको खराब कर्जा घटेर ०.६९ प्रतिशतमा झरेको छ ।
बैंकको प्रति सेयर आम्दानी २४.२६ भने प्रतिसेयर नेटवर्थ १५१.४५ रुपैयाँ र मूल्य आम्दानी अनुपात ११.९५ गुणा कायम भएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्