
काठमाडौँ – त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा. गोविन्द केसीले आफूसँग भएको ९ बुँदै सहमति तोडमोड नगरी अक्षरशस् पालना गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । आफ्नो १५औं अनशनपछि उपचारका लागि अस्पताल भर्ना भएका केसीले मंगलबार डिस्चार्ज हुनेक्रममा पत्रकार सम्मेलन गरी सहमति तत्काल कार्यान्वयन गर्न माग गरेका हुन् ।
‘सत्याग्रह टुंग्याउने क्रममा सत्तारुढ दलका जिम्मेवार नेताहरू आएर सहमतिलाई अक्षरशस् कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको पृष्ठभूमिमा सहमतिलाई तोडमोड नगरी चिकित्सा शिक्षा ऐन शीघ्र जारी हुने विश्वास हामीले लिएका छौं’, केसीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यदि छलछाम भएमा कडाभन्दा कडा विरोधका कार्यक्रम ल्याउन हामी बाध्य हुनेछौं ।’
अनशनका क्रममा बिरामीको सेवा गर्ने कर्तव्यबाट वञ्चित भएकोमा केसीले दुस्ख व्यक्त गरे । केसीले भावुक हुँदै भने, ‘छ हप्तासम्म म कर्तव्यबाट वञ्चित हुनुपर्यो, त्यसका म क्षमा चाहन्छु । मेरो काम बिरामी हेर्ने हो, मलाई मेरो काम गर्न दिनुस् ।’
उनले आफू छिट्टै काममा फर्किने जानकारी गराए ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्