
काठमाडौं – मलेसिया जाने नेपाली कामदारमाथि लगाइका विभिन्न आर्थिक सिण्डिकेट हटाउन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोर्कण विष्ट सफल भएका छन् । बैदेशिक रोजगारीका नाममा ठगी धन्दा बर्षाैदेखि चल्दै आएको थियो । मन्त्री भएलगतै ठगी धन्दा हटाउने कदम चालेका बिष्टले आर्थिक सिण्डिकेट हटाउन मलेसिया सरकारलाई सहमत गराएका छन् । सोमवार मलेसियाका मानव संशाधन मन्त्री नेपाल आएका थिए । सरकारको बिशेष दूतका रुपमा नेपाल आएका मानव संसाधनमन्त्री आर्थिक सिण्डिकेट हटाउन तयार भएका छन् ।
मलेसिया जाने नेपाली कामदारहरु मेनपावरदेखि मेडिकल र भिषा प्रक्रियासम्म ठगिने गरेका थिए । मन्त्रिबिष्टले यो हटाउन मलेसियाका मन्त्री एम कुलासेगरनका दूतलाई आग्रह गरे । दुई मन्त्रीबीच झण्डै दुई घण्टा गोप्य छलफल भएको स्रोतले जनाएको छ । मलेसियामा नेपाली कामदार जान बन्द भएपछि मलेसिया सरकार पनि दवावमा परेको थियो ।
उच्च अधिकारीका अनुसार मन्त्री कुलासेगरनका दूतले श्रम मन्त्री विष्टसँग नेपाली कामदार रोकिएको विषयमा मलेसिया सरकार गम्भीर भएको भन्दै उक्त समस्या सरकारीस्तरबाट तत्काल सुल्झाउन आग्रह गरे। मन्त्री बिष्ट नेपाल सरकार सरकारीस्तरमा दोहोरो श्रम सम्झौता गरेर मात्र कामदार आपूर्ति गर्ने पक्षमा छन् । मन्त्री बिष्टको प्रस्तावलाई मलेसिया सरकार सहमत भएको छ ।
मलेसिया सरकार सरकारी तबरबाट कामदार लिने विषयमा केही दिनभित्रै टुंगो लगाउने विशेष दूतले बताएका छन् । यसअघि विभिन्न कम्पनीले कामदार लिने गरेका थिए । श्रम मन्त्रालयले २ जेठमा मलेसिया जाने कामदारमाथि आर्थिक ठगी गर्दै आएका विभिन्न ६ वटा संस्था बन्द गर्ने निर्णयसँगै त्यहाँ जाने कामदारको प्रक्रिया रोकिएको थियो।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्