- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – साताको पहिलो दिन आइतबार सुनचाँदीको मूल्य बढेको छ । शुक्रबार प्रति तोला ५६ हजार मुल्यमा कारोबार भइरहेको छापावाला सुन आज ६ सयले बढेर प्रति तोला ५६ हजार ६ सय मुल्यमा कारोबार भइरहेको छ ।
त्यस्तै गरि चाँदीको मूल्य ५ रुपैयाँले बढेर प्रति तोला ७ सय २० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज आइतबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ४८ हजार ५ सय २५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चांदीको मूल्य ६ सय १७ रुपैयाँ ५ पैसा कायम गरेको छ ।