
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – गुडविल फाइनान्सको गत आर्थिक वर्षको चौथो त्रैमासमा खुद नाफा ६ करोड ५४ लाख २३ हजार रुपैयाँँ मात्र कमाएको रिपोर्ट सार्वजनिक गरेको छ । यो नाफा गत वर्षको तुलनामा ३१.९०% ले घटेको छ । अघिल्लो आवको यही अवधिमा ९ करोड ६० लाख ७४ हजार रुपैयाँ रहेको खुद नाफा कमाएको थियो ।
यो फाइनान्सको खुद ब्याज आम्दानीमा सामान्य सुधार भएपनि सञ्चालन नाफामा गिरावट आएको छ । गुडविलको खुद ब्याज आम्दानी १५ करोड ४४ लाखबाट बढेर १६ करोड २२ लाख २ हजार रुपैयाँ पुगेको छ । सञ्चालन नाफा भने २७.८१% ले घटेर ७ करोड ४७ लाख ७९ हजार रुपैयाँमा आएको छ । अर्कोतर्फ संभावित जोखिमका लागि मात्र ४ करोड ३२ लाख ७६ हजार रुपैयाँ छुट्याएको छ । प्रोभिजनमा भारी रकम जम्मा हुँदा नाफामा पनि असर परेको हो ।
यता, कम्पनीले ५ अर्ब ४२ करोड ६४ लाख ५४ हजार रुपैयाँ निक्षेप संकलन गरी ४ अर्ब ६७ करोड ३२ लाख ६५ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । खराब कर्जा बढेर २.१०% पुगेको छ । अघिल्लो वर्ष खराब कर्जा १.५१% थियो । यस्तै, कस्ट अफ फन्ड १०.३१% रहेको छ ।
गुडविल फाइनान्सको चुक्ता पुँजी ८० करोड रुपैयाँ पुगिसकेको छ । यसको रिजर्भ कोषमा भने गिरावट आएको छ । अघिल्लो वर्ष १९ करोड २८ लाख ५९ हजार रुपैयाँ रहेको रिजर्भ कोषमा अहिले १७ करोड ८७ लाख २६ हजार रुपैयाँ मात्र छ । यसको प्रतिसेयर आम्दानी ८.१८ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १२२.३४ रुपैयाँ रहेको छ ।


Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्