
काठमाडौं – नक्कली शैक्षिक योग्यता र जन्ममितिको विवादमा पर्दै न्यायपरिषदबाट बर्खास्त निर्वतमान प्रधानन्यायाधीश गोपालप्रसाद पराजुली प्रसिद्ध प्रवल जनसेवाश्री विभूषणबाट विभूषित हुने भएका छन् । अघिल्लो सरकार र नेकपाको वर्तमान सरकारले पराजुलीलाई जनसेवाश्री विभूषणका लागि एक नम्वरमा स्थान दिएको छ ।
पराजुलीले कर्ते गरेको अभियोगमा न्यायपरिषदले उनलाई बर्खास्त गरेको थियो । पदमै रहेका बेला बर्खास्तमा परेका पराजुलीलाई सरकारले उच्च तहको विभूषण दिन लागेको छ । १४ साउन २०७५ मा बसेको मन्त्रीपरिषदको बैठकले पराजुलीलाई एक नम्वरमा राखेको छ भने प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवबाट प्रसिद्ध प्रवल जनसेवाश्री विभूषण खोसेको छ ।
प्रसिद्ध प्रवल जनसेवाश्री विभूषण पाउनेमा न्यायाधीश इश्वरीप्रसाद खतिवडा, अख्तियार प्रमुख दीप बस्न्यात, उमेश मैनाली, मुख्य सचिव सोमलाल सुवेदी, प्रधानसेनापति राजेन्द्र क्षेत्री र सचिव लोकदर्शन रेग्मी रहेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्