
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ- नेपाल पूँजी बजार लगानीकर्ता संघको कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल राष्ट्रबैंकका गभर्नर डा. चिरञ्जिवी नेपालले अब बजार बढ्नुको विकल्प नरहेको दावी गरेका छन् । लगानीकर्ताहरुलाई सम्बोधन गर्दै गभर्नर डा. नेपालले बजार निरन्तर घटिरहे आफूहरु चूप लागेर नबस्नेसमेत दावी गरेका छन् । ‘आर्थिक विकास र गतिविधिमा अभूतपूर्व उत्साह महसुस गरिएको छ । अब बजार बढ्छ बढ्छ, नबढी धरै छैन । विदेशी र आन्तरिक लगानीकर्तालाई निर्धक्क साथ लगानीको वातावरण बनाउन तथा विश्वास दिलाउन समेत अब सेयर बजार बढ्नैपर्छ ।’

साथै उनले बजार घटीरहे आफुहरु चुप लागेर नबस्ने समेत बताएका छन् । ‘बजार यसैगरी घटिरहे हामी चूप लागेर बस्दैनौ । पूँजीबजार जूवा होइन । यहाँ तपाईले १०० रुपैयाँ लगानी गर्दा सुरुमा ५० पैसा मात्र रिटर्न आउला । तर, त्यही ५० पैसा बढेर १ हजारसम्म कमाउने ठाउँ हो पूँजीबजार । आर्थिक विकासको पूर्वाधार हो पूँजीबजार ।तपाई लगानी गर्दै जानुहोस् । क्षणिक रुपमा हरेस नखानुहोस्, सेयरमा गरिएको लगानीले तपाईलाई लाभ दिन्छ दिन्छ । तपाईले लगानीको कला सिक्नुपर्छ । आफूसँग भएको पैसा व्यवस्थापनको कला समेत सिक्नुपर्छ । सुनेर होइन, जानेर लगानी गर्न सक्नुपर्छ । पूँजीबजारको लगानी निकै संवेदनशील कुरा हो, यसमा खेलाँची नगर्नू।’ गभर्नर डा नेपालले भने । उनले बजारमा यथेष्ट तरलता भएको र ब्याजदर क्रमशः नियन्त्रित हुँदै गरेकोले बजार आगामी दिनमा बढ्नेसमेत जिकिर गरे ।’
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्