- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – साताको अन्तिम दिन शुक्रबार सुनको मूल्य बढेको छ । बिहिबार प्रति तोला ५७ हजार मुल्यमा कारोबार भइरहेको छापावाला सुन आज ३ सयले बढेर प्रति तोला ५७ हजार ३ सय मुल्यमा कारोबार भइरहेको छ ।
त्यस्तै गरि चाँदीको मूल्य स्थिर रहेर प्रति तोला ७ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज शुक्रबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ४९ हजार १ सय २५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चांदीको मूल्य ६ सय २१ रुपैयाँ ५ पैसा कायम गरेको छ ।