×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

करको ‘करकर’ बढेका बेला हेटौंडा उपमहानगरपालिकाको जनमैत्री काम : घरको नक्सा नि:शुल्क बनाईदिने !

  • रविन्द्र गौतम / अर्थ सरोकार डटकम 
हेटौंडा- देशमै पहिलोपटक हेटौंडा उपमहानगरपालिकाले यस क्षेत्रका वासिन्दालाई घर निर्माण गर्नुपरेमा नि:शुल्क रुपमा नक्सा बनाईदिने भएको छ । उपमहानगरपालिकाको अाइतवारकाे कार्यपालिका बैठकले घर निर्माण गर्नुपरेमा निशुल्क रुपमा नक्सा बनाउने निर्णय गरेकाे हो । धेरैजसो स्थानीय तहहरुले कर बृद्धी गरेको जनगुनासो आईरहेको समयमा यस क्षेत्रका वासिन्दाहरुलाई घर निर्माण गर्नुपरेमा नक्सा समेत सित्तैमा बनाईदिने निर्णय गरेकाे हो । 
बिशेषगरी उपमहानगरपालिकामा थपिएका पहिलेका गाबिसका वडालाई लक्षित गरेर निशुल्क रुपमा नक्सा बनाउने निणय गरिएको हो । एक हजार स्क्वायरफिट सम्मका घर निर्माण गर्नुपरेमा निशुल्क रुपमा नक्सा बनाउन लागिएको हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले बताए ।
आम नागरिकलाई सामान्य चार कोठाको घर निर्माण गर्नुपर्दा बाहिर बजारमा १५ हजार रुपैयाँ सम्म तिरेर नक्सा बनाउनुपर्ने बाध्यता भोग्दै आएका छन् । तर अब साना खालका घरहरु निर्माण गर्दा नक्सा बनाउनुपर्ने बाध्यताबाट नगरबासीहरुले छुट्कारा पाएका छन् । आम नागरिकलाई नक्सा बनाईदिनका लागि उपमहानगरपालिका भित्र सेवाकेन्द्र स्थापना गरेर नागरिकका घरमा नक्सा बनाएर दिने तयारी थालिएको हो । यसभन्दा अघि हेटौंडाका वासिन्दाहरुले बाहिर नक्सा बनाउदै आएपनि बिभीन्न खालका प्रकृया नपुग्दा उपमहानगरपालिकाले नक्सा पास गर्नका लागि पनि समस्या परेको थियो । 
अब उपमहानगरपालिकामानै नक्सा बन्ने भएकाले घरको नक्सा यो मिलेन उ मिलेन भनेर नक्सा पासनै नहुने समस्या पनि हटेको मेयर महतको भनाई छ । नक्सा बनाउनका लागि उपमहानगरपालिकाले ईन्जिनियरको नेतृत्वमा प्राबिधिक कर्मचारी पनि खटाउने तयारी थालेको छ । हेटौंडाको एक नंम्बर देखि १९ नंम्बर वडा सम्मका वासिन्दाहरुलाई अब एक हजार स्क्वाएरुफिट सम्मका घर निर्माण गर्नुपरेमा सजिलो भएको छ । याे निणयबाट बिशेषगरी पहिलेका गाबिसमा थपिएका वडाका वासिन्दाहरुका लागि सजिलो भएको हेटौंडा १ का वडाअध्यक्ष सबिन न्यौपानेले बताउनुभयो । नक्सा बनाउन रकम लाग्ने नक्सा पास गर्नुको झन्झटका कारण साबिकका गाबिस र अहिलेका हेटौंडाका वडाहरुमा निकै सजिलो भएको वडाअध्यक्षहरु बताउँछन् । 
यो निणयसँगै अब नक्सा बनाएर ब्यबस्थित घर निर्माण गर्न आम नागरिकलाई सहज भएको छ । अब एक हजार स्क्वायरफिट भन्दा ठुलो घर निर्माण गर्नेहरुले मात्र नक्सा आफै बाहिर बनाएर ल्याउनुपर्ने भएको हो । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: