×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हेटौंडाको ओम्याक्स सिनेमा हलमा लागेको आगो नियन्त्रण, करौडौंको क्षति भएको अनुमान

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

हेटौंडाको ओम्याक्स सिनेमा हलमा लागेको आगो नियन्त्रण, करौडौंको क्षति भएको अनुमान

२३ श्रावण २०७५, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

हेटौंडा – हेटौंडाको सुविधा सम्पन्न ओम्याक्स सिनेमा हलमा लागेको आगो नियन्त्रणमा आएको छ । आगलागीको कारण हलमा पूर्ण रुपमा क्षति भएको छ । हलभित्र रहेका सामानहरु जलेर नष्ट भएका छन् । आज बिहान १० बजे अचानक हलभित्रबाट धुवाँ निस्कन थालेपछि आगो फैलिएको हो । 
हेटौंडा उपमहानगरपालिकाको वारुणयन्त्रले आगो निभाउन नसकेपछि नेपाल आयल निगम अमलेखगन्जको वारुणयन्त्र मगाएर नेपाली सेना, नेपाल प्रहरी, ससस्त्र प्रहरी र स्थानिय मिलेर नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक बुद्धीराज गुरुङले बताए ।  
करिव साडे २ घण्टापछी आगलागी नियन्त्रणमा आएको छ । बिद्युत सर्ट भएर आगलागी भएको प्रहरीले बताएको छ । हल मर्मत गर्न भनि बिहानको शो नचलाइएकाले कुनै मानवीय क्षति भने भएन । आगो लाग्ने बितीकै हलमा कार्यरत कर्मचारी भने बाहिर निस्कीएर भाग्न सफल भएका थिए ।
आगलागीबाट करौडौंको क्षति भएको अनुमान गरिएको छ । क्षतिको एकिन विवरण भने आएको छैन । ओम्याक्स सिनेमा हलका सञ्चालक, चलचित्र निर्माता, वितरक तथा चलचित्र विकास बोर्डका सदस्य नरेन्द्र महर्जन हुन् ।  
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी