×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कञ्चनपुर घटनाबारे छानबिन समिति गठन गर्ने गृहमन्त्रीको प्रतिबद्धता

PRIME CA
GLOBAL IME BANK

कञ्चनपुर घटनाबारे छानबिन समिति गठन गर्ने गृहमन्त्रीको प्रतिबद्धता

७ भाद्र २०७५, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं – गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले कञ्चनपुरमा भइरहेको आन्दोलनलाई सरकारले गम्भीर रुपमा लिएको बताउँदै छानबिन समिति गठन गर्ने तयारी गरिएको बताएका छन् ।
बिहीबार प्रदेश नं. ७ का सांसद् लगायतले कञ्चनपुर घटनाबारे न्यायिक आयोग वा उच्च स्तरीय समितिले गठन हुनु पर्ने माग राख्दै ज्ञापन पत्र बुझाएका थिए । त्यसको जवाफ दिँदै गृहमन्त्री थापाले छानबिन समिति गठन गर्ने सरकारको तयारी रहेको बताएका हुन् ।
बिहीबारै त्यसबारे निर्णय सार्वजनिक हुने थापाको भनाइरहेको थियो । उनीहरुले बुझाएको ज्ञापन पत्रमा घटनाको सत्यतथ्य छानबिनको माग गर्दै जनताको शान्तिपूर्ण आन्दोलनमा भइरहेको प्रशासनिक हस्पक्षेप रोक्न समेत आग्रह गरिएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: