×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सञ्चार मन्त्रालयलाई विकास समितिको निर्देशन, ‘फेसबुक इन्स्टान्ट आर्टिकल’ र ‘युट्युब’बाट हुने कमाइमा कर लगाउ’ !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ –  फेसबुकमा विज्ञापन गर्दा वा फेसबुकमार्फत ‘इन्सान्ट आर्टिकल’बाट हुने आयमा अव कर लाग्ने भएको छ । संसदको विकास समितिले फेसबुक, ट्वीटर लगायतका सामाजिक सञ्जालमा हुने विज्ञापनलाई करको दायरामा ल्याउन निर्देशन दिएसंगै यस्तो नियम आएको हो । समितिको सोमबार बसेको बैठकले समाजिक सञ्जालमा विज्ञापन वापत ठूलो रकम बाहिरिएको र सोहि मात्रामा ठुलो रकम भित्रिएको भन्दै नियमन गर्न सञ्चार र अर्थमन्त्रालयलाई निर्देशन दिएको हो । बैठकले फोरजी कभरेज विस्तार, टेलिकममा सुधार, अब्टिकल फाइवरको सञ्जाल विस्तारमा देखा परेका समस्या लगायतका लागि भइरहेको कामको विवरण १५ दिन भित्र समितिलाई उपलब्ध गराउन सञ्चार मन्त्रायललाई भनेको छ ।
अझ खास कुरा त के छ भने अहिलेसम्म इन्सान्ट आर्टिकलबाट रकम खातामा आएकाहरुले समेत सोहि वापतको २५ % कर तिर्नु पर्ने भएको छ । नेपालको आयकर सम्बन्धि नियममा पनि घुमाउरो पारामा यस्तो व्यवस्था भएको भएपनि उक्त तथ्य स्पष्टसंग उल्लेख गरिएको थिएन । फेसबुकबाट आय हुने रकम बैंक खातामा नै रेकर्ड रहने हुनाले पनि सरकार अझ कठोर रुपमा कर उठाउने मनस्थितिमा रहेको जानकारहरु बताउँछन् । अर्कोतर्फ युट्युबबाट हुने आयमा पनि सरकारले कर लिने भएको छ । युट्युबबाट हुने आयमा २५% कर लाग्ने करविज्ञहरुको भनाइ छ ।     
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: