
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – आज देशभर जनै पुर्णिमा मनाइने क्रम जारी छ । विशेषगरी पशुपति, ललितपुरको कुम्भेवश्वर, पाटन दरवार क्षेत्रको कृष्णमन्दिर, हनुमानढोकामा रहेको महेन्द्रश्वरमहादेव, मरुगणेशस्थान आदि मन्दिरमा भक्तजनहरुको ठुलो भीड लागेको छ । आज बाँधिएको पवित्र धागो तिहारमा लक्ष्मीपूजाको दिनमा गाईको पुच्छरमा बाँधिदिने चलन छ ।
त्यहि जनैपूर्णिमामा निकै ब्यस्त हुने पुरोहितको आजको कमाइबारे कमै जानकार होलान् । तर आज पुरोहितहरुले निकै राम्रो कमाइ गर्ने गरेका छन् । विभिन्न मन्दिरहरुमा बस्नेदेखि घरघरमा जाने पुरोहितसम्मको कमाइ आज निकै राम्रो हुने गरेको छ । जनै र धागो बाँधीदिएवापत पाइने दक्षिणासँगै कतिपयले दिने सिदा (चामल, दाल, तरकारी, नुन, बेसार, फलफुल) पनि पुरोहितले राम्रै जम्मा गर्ने गरेका छन्।
विगत तीन बर्षदेखि काठमाडौँको पशुपति नाथमा जनैपूर्णिमाको दिन आउने गरेका अर्जुन कोइराला भन्छन्, ‘खर्चको कुरा गर्ने हो भने झन्डै १५०० रुपैयाँको समान किन्यो भने काफी पुग्छ । त्यो समान लिएर बस्दा झन्डै १५००० आम्दानी हुन्छ । उनका अनुसार पोहोर साल त्यहि समान १००० रुपैयाँमा आउंथ्यो र कमाइ पनि त्यहि ९ – १० हजार कै हाराहारीमा पाइन्थ्यो । ‘अहिले त्यहि समान १५०० मा किनेको छु । पाइने दक्षिणाको दर पनि बढेको छ । आजको कमाइ त्यस्तै १५००० को हाराहारीमा हुने अनुमान गरेको छु ।’ उनले भने ।
यता पाटन दरवार क्षेत्रमा बसेका पुरोहित गोबिन्द पौडेलको भनाइ पनि उस्तै छ । उनी भन्छन्, ‘यहि जनै पूर्णिमा, तीज लगायतका दिनमा न हो रार्मो कमाइ हुने ।’ उनले भने । विहान ३ बजे आएर मन्दिर परिसरमा बसेका उनले भने,’ कसैले ५००सम्म दिन्छन्, कसैले ५ रुपैयाँ दिएर जान्छन् । कोहि दक्षिणा नै दिन बिर्सेर जान्छन्, कोहि नियतबस् नै दिंदैनन् ।’
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्