
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ- जनता बैंक नेपाल लिमिटेडले आर्थिक वर्ष २०७४/७५ को चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक भएको विवरण अनुसार बैंकले ९३ करोड ४७ लाख खूद नाफा आर्जन गरेको छ । यो नाफा अघिल्लो बर्षको तुलनामा ४७.६३ प्रतिशतले बढी हो । यता बैंकले समीक्षा अवधिमा संचालन मुनाफा बढाएर १ अर्ब ४१ करोड पुर्याएको छ भने खूद ब्याज आम्दानीतर्फ १०४.९६ प्रतिशतले प्रगति गरेको छ ।
यता बैंकले जगेडाकोषको आकार बढाएर यो वर्ष १ अर्ब ७३ करोड पुर्याएको छ । समीक्षा अवधिमा जनता बैंकले ६० अर्ब १६ करोड निक्षेप संकलन गरी ५४ अर्ब ३८ करोड कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष ४८ अर्ब ५७ करोड निक्षेप संकलन गरी ४५ अर्ब ६५ करोड कर्जा परिचालन गरेको थियो । सार्वजनिक भएको विवरण अनुसार बैंक २.०९ प्रतिशतको अनुपातमा रहेको खराब कर्जालाई घटाएर १.३२ प्रतिशतमा झार्न सफल भएको छ।
बैंकको कष्ट अफ फण्ड ७.८८ प्रतिशतछ भने यो अवधिमा बैंकको इक्वीटीमा प्रतिफल ९.६५ प्रतिशत र सम्पत्तिमा प्रतिफल १.३१ प्रतिशत कायम भएको छ । समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी ११.६८ रुपैयाँ छ भने प्रतिसेयर नेटवर्थ १२१.५८ रुपैयाँ छ । यता बैंकको मूल्य आम्दानी अनुपात भने १३.४४ गुणा कायम भएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्