- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – काबेली विकास बैंकको गत आर्थिक वर्षको चौथौ त्रैमाससम्ममा खुद नाफा २ करोड ६० लाख कमाएको रिपोर्ट सार्वजनिक गरेको छ । यो नाफा अघिल्लो वर्षको तुलनामा १०%ले धेरै हो । अघिल्लो वर्ष बैंकले २ करोड ३४ लाख खुद नाफा कमाएको थियो ।
बैंकले असार मसान्तसम्ममा ३१ लाख ८९ हजार खराब कर्जा उठाउन सफल भएका छ जसले गर्दा खुद नाफा वृद्धि भएको हो । सोही अवधिमा बैंकको चुक्तापूँजी १९ % ले बढेर ८ करोड ४२ लाख पुगेको छ भने रिजर्भ कोषमा ४ करोड ९८ लाख छुट्याएको छ ।
बैंकले ६६ करोड ८ लाख निक्षेप सङ्कलन गरेको छ भने ६० करोड ४२ लाख कर्जा प्रवाह गरेको छ । बैङ्कले सम्भावित जोखिम बापतको व्यवस्थामा ७४ लाख ३ हजार छुट्याएको छ भने निष्क्रिय कर्जा १.४८% रहेको छ । प्रतिशेयर आम्दानी (वार्षिक) ३० रुपैयाँ ९१ पैसा, प्रतिशेयर नेटवर्थ १ सय ५८ रुपैयाँ ९६ पैसा र तरलता अनुपात ७.३५ रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्