×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कालिका पावरले पायो १२ लाख कित्ता आइपीओ निष्कासन गर्ने अनुमति

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

कालिका पावरले पायो १२ लाख कित्ता आइपीओ निष्कासन गर्ने अनुमति

Artha Sarokar

४ भाद्र २०७५, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – कालिका पावर कम्पनीले १२ लाख कित्ता आइपीओ निष्कासन गर्ने भएका छ । धितोपत्र बोर्डले कम्पनीलाई प्रतिकित्ता १०० रुपैयाँको दरमा आइपीओ बिक्री गर्न अनुमति प्रदान गरेको छ । यसको बिक्री प्रबन्धकको काम काठमाडौं क्यापिटल मार्केट र ग्लोबल आइएमई क्यापिटलले गर्नेछन् । कालिकाले जारी पुँजीको २०% आइपीओ सर्वसाधारणलाई बिक्री गर्न लागेको हो ।
कम्पनीले यसअघि आयोजना प्रभावित गोरखा जिल्लाका स्थानीयलाई ६ लाख कित्ता आइपीओ बिक्री गरिसकेको छ । पहिलो चरणमा स्थानीयका लागि जारी पुँजीको १०% आइपीओ बिक्री गरिएको थियो । कम्पनीले गोरखामा ६ मेगावाट क्षमताको दरौदी ए जलविद्युत आयोजना निर्माण गरी सञ्चालनमा ल्याएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी