×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कञ्चनपुरमा गोली चल्यो, यस्तो छ घाइतेको अवस्था !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

कञ्चनपुरमा गोली चल्यो, यस्तो छ घाइतेको अवस्था !

Artha Sarokar

७ भाद्र २०७५, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

कञ्चनपुर – १३ वर्षाीया बालिका निर्मला पन्तको हत्या काण्डलाई लिएर कञ्चनपुरको सदरमुकाम महेन्द्रनगरमा चार दिनदेखि प्रदर्शन भइरेको छ । प्रदर्शनको क्रममा बिहीबार दिउँसो गोली चलेको छ । गोली चल्दा सात जना घाइते भएका छन् । एकजनाको टाउकोमा चोट लागेको छ भने अर्का एकजनाको खुट्टामा चोट लागेको छ ।
प्रहरीको गोली लागेर घाइते हुनेहरुमा तीर्थ पनेरु, अर्जुन भण्डारा, सन्तोष कडरिया र तेज भट्ट लगायतका रहेका छन् । घाइतेहरुलाई महाकाली अञ्चल अस्पताल भर्ना गरिएको छ ।
१३ वर्षाीया बालिका निर्मला पन्तको बलात्कार पछि हत्या आरोपमा एकजना मानसिक सन्तुलन ठिक नभएका युवालार्इ प्रहरीले सार्वजनिक गरेपछि आन्दोलन सुरु भएको थियो ।
महेन्द्रनगर बजार क्षेत्रमा केन्द्रित रहेको आन्दोलन बिहीबार बिहानैदेखि जिल्लाका अन्य क्षेत्रमा समेत सुरु भएको थियो । प्रदर्शनकारीले महेन्द्रनगर बजारसँगै सुडा, लालपुर, दैजी, झलारी र कृष्णपुर क्षेत्रमा आन्दोलन गरिरहेका छन् ।
ठाउँ ठाउँमा टायर बालेर बिहानैदेखि प्रदर्शनकारीहरुले प्रदर्शन गरेका छन् । त्यही क्रममा प्रहरीले आन्दोलनकारीमाथि गोली चलाएको हो । वास्तविक बलात्कारीलाई कारबाही हुनुपर्ने, शान्ति सुरक्षाको ग्यारेण्टी हुनुपर्ने , कञ्चनपुरका एसपीमाथि कारबाही हुनुपर्नेलगायतका माग राखेर बिहीबार बिहानैदेखि प्रदर्शन सुरु भएको थियो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी