×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

शशांक कोइरालाको आक्रोस–कांग्रेस गुट–उपगुटले होइन गिरोहले बर्वाद भयो !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

शशांक कोइरालाको आक्रोस–कांग्रेस गुट–उपगुटले होइन गिरोहले बर्वाद भयो !

४ भाद्र २०७५, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले पार्टीलाई एकताबद्ध बनाएर नलिए सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबिरुद्ध उत्रिने चेतावनी दिएका छन् । उनले एमाले र माओवादी जस्ता पार्टी मिल्न सक्ने तर आफ्नै पार्टी नेपाली कांग्रेस मिलाउन नसक्ने भन्दै दुवै शिर्ष नेताको कडा आलोचना गरेका छन् । ‘एमाले र माओवादी मिलेर एउटा पार्टी बनाउन सक्छन भने एउटै पार्टी मिलाउन कांग्रेस नेता किन एक हुन सक्दैनन् ?’ कोइरालाले आक्रोस पोख्दै भने ।
पार्टी मिलाउनका लागि आफुले निकै पहल थालेपनि दुवै नेताका कारण आफु निराष भएको बताए । ‘म उनीहरुदेखि निराष भएको छु, तर हार मानेको छैन, हेदैजानुहोस नेपाली कांग्रेसलाई एक बनाएर छाड्छु’ उनले भने । आइतवार विराटनगर पुगेका कोइराला निकै आक्रोसित बनेका थिए । उनले पार्टी एकता बनाउनका लागि दोस्रो वरियताका नेताहरुसँग सम्वाद थालेको पनि बताए ।
‘पार्टी मिलाउन र नेतालाई एकजुट बनाउन सभापतिलाई साथ दिए, कतिपयले देउवाको मान्छे भन्ने आरोप लगाए’ उनले भने न म देउवाको मान्छे हुँ, न त पौडेलको, मत कांग्रेसको मान्छे हुँ’–कोइरालाले भने । दुई नेताको इगोले पार्टी समस्यामा परेको उनले बताए । दुई नेताको इगोका कारण पार्टीका विभागहरु रित्ता रहेका छन् । एमाले र माओवादी केन्द्रले दुई ठुलो कम्यूनिष्ट पार्टीको एकता गरेर विभाग, प्रदेश कमिटीको छनोट गर्ने अबस्थामा पुगिसकेका छन् । तर नेपाली कांग्रेसले अहिलेपनि पार्टीका बिभागहरुलाई पूर्णता दिन सकेको छैन ।
कोइरालाले भने ‘कतिपयले मलाई यो बिषयमा धम्कि पनि दिने गरेका छन्, तर म डराउँदिन, मैले भनिसकेको छु–के गर्छाै तिमिहरु पार्टीबाट निकाल्छौ ? निकाल म कांग्रेसलाई गिरोहबाट चल्न दिन्न ।’ कोइरालाले नेपाली कांग्रेस गुट–उपगुटका कारण नभई गिरोहका कारण लथालिंग भएको बताए ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी