×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘दुध खानुस् कर लाग्दैन, तर बेच्दा त कर लाग्छ ! भैंसी बेच्दा पनि कर तिर्नुपर्छ’ : प्रधानमन्त्री केपी ओली

PRIME CA
laxmi sunrise bank

‘दुध खानुस् कर लाग्दैन, तर बेच्दा त कर लाग्छ ! भैंसी बेच्दा पनि कर तिर्नुपर्छ’ : प्रधानमन्त्री केपी ओली

अर्थ सरोकार

प्रकाशित मिति : ८ भाद्र २०७५, शुक्रबार

  • अर्थ सरोकार सम्बाददाता 
बिराटनगर – जताततै करको चर्चा चलिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार संचालनको लागि कर आवश्यक भएको बताएका छन् । प्रधानमन्त्री ओलीले मंगलबार प्रदेश नम्बर १ का नेता–कार्यकर्तालाई सम्बोधनको क्रममा पहिले पनि सबैजसो कुरामा कर तिरिँदै आएको र अब पनि आयमा मात्र कर लाग्ने बताएका छन् । यसै क्रममा उनले सय भैँसी पाल्दा कर नलाग्ने तर एउटा बेच्दा आय कर लाग्ने बताए । 
‘सय माउ भैँसी पाल्दा कर लाग्दैन तर एउटा बिक्री गर्दा लाग्छ । हजार लिटर दूध उत्पादन गर्दा कर लाग्दैन, बेचेपछि लाग्छ” प्रधानमन्त्री ओलीले भने । जनतालाई सबै थोक दिने अनि कर नलिएर कहाँबाट दिने ? भन्ने प्रश्न गर्दै प्रधानमन्त्रीले भने, “जनताबाट कर नउठाउने अनि जनतालाई चाहिँ सरकारले सबै थोक दिनुपर्ने ? कहाँबाट ल्याएर दिनु ?” ‘ उनले भने । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: