
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – लुम्बिनी विकास बैंकले बुधबारदेखि ३ लाख ६२ हजार ४३६.४४ कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला गरेको छ । बैंकले यसअघि पनि संस्थापक सेयर लिलामी ल्याएको थियो । त्यसबेला नबिकेपछि फेरि दोहोर्याएर बेच्न लागिएको हो । अब सर्वसाधारणले पनि आवेदन दिन सक्नेछन् । यो लिलामी भदौ २२ गतेसम्म भर्न पाइनेछ ।
लगानीकर्ताले बिक्री प्रबन्धक भिबोर क्यापिटल ट्रेड टावर थापाथली, काठमाडौंबाट बोलपत्र फारम लिन र बुझाउन सकिनेछ । न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।
लिलामीको बोलपत्र भदौ २६ गते बिक्री प्रबन्धकको कार्यालयमा खोलिनेछ । बैंकले गत माघमा १०% हकप्रद निष्कासन गर्दा बिक्री नभएको सेयर लिलामी प्रक्रियामा लगेको हो । हाल यस बैंकको चुक्ता पुँजी २ अर्ब १७ करोड ३२ लाख ८३ हजार रुपैयाँ छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्