
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – गत आर्थिक वर्षको चौथो त्रैमासमा लुम्बिनी जनरल इन्सुरेन्सले खुद नाफा १४.८६% वृद्धि गरेर ३० करोड १४ लाख रुपैयाँ कमाएको छ । इन्सुरेन्सले अघिल्लो आवको सोही अवधिमा २६ करोड २४ लाख रुपैयाँ नाफा कमाएको थियो । कम्पनीको खुद बिमा शुल्क ७७ करोड ९३ लाख रुपैयाँ रहेको छ । अघिल्लो वर्ष ७५ करोड १२ लाख रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो ।
यता, पुनर्बिमा कमिसन ११ करोड ९९ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आवको सोही अवधिमा ९ करोड ५२ लाख रुपैयाँ मात्र रहेको थियो । लुम्बिनीले चौथो त्रैमाससम्म कुल ४० करोड ६६ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी गरेको छ ।
चुक्ता पुँजी ८८ करोड रुपैयाँ रहेको यो कम्पनीको जगेडा कोषमा १४ करोड ७५ लाख रुपैयाँ छ । कम्पनीले १५ लाख १८ हजार २८ वटा बिमालेख जारी गरेको छ । हाल यो इन्सुरेन्सको बिमा कोषमा १४ करोड ७५ लाख रुपैयाँ छ । लुम्बिनीको प्रतिसेयर आम्दानी २७ रुपैयाँ १३ पैसा र प्रतिसेयर नेटवर्थ १७१ रुपैयाँ ८८ पैसा रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्