काठमाडौं- माछापुच्छ्रे बैंक लिमिटेड र प्रभु इन्स्योरेन्स लिमिटेडबिच बैंकास्योरेन्स सम्झौता भएको छ ।
सम्झौता पत्रमा प्रभु इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्चित बज्राचार्य तथा माछापुच्छ्रे बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार अब माछापुच्छ्रे बैंकका ग्राहकहरुले बैंकको सबै शाखाहरुबाट सजिलै प्रभु इन्स्योरेन्सको बीमा सेवा लिन सक्नेछन् ।