×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पूर्वप्रधानमन्त्री माधव नेपालले लिए चावेल, बौद्ध, र जोरपाटीमा ‘सडक एक्सन’

PRIME CA
GLOBAL IME BANK

पूर्वप्रधानमन्त्री माधव नेपालले लिए चावेल, बौद्ध, र जोरपाटीमा ‘सडक एक्सन’

२४ श्रावण २०७५, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं – नेकपाका बरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले ‘सडक एक्सन’ लिएका छन् । बर्षायामसँगै राजधानीका सडकहरु हिलाम्य र धुलाम्य हुन थालेपछि नेता नेपालले भौतिक योजनामन्त्री रघुविर महासेठलाई सडकमा पुरयाए हुन् ।
नेपालले मन्त्रीलाई मात्र नागरिक समक्ष पुरयाएका छैनन् चावेल, बौद्ध, जोरपाटी, साँखु क्षेत्रको सडक निर्माणमा लागेका ठेकेदार, भौतिक मन्त्रालयका सचिव र सडक बोर्डका प्रमुखलाई सडकमा उतारेका छन् ।
जनताको आवाज सुन्दै ठेकेदारदेखि मन्त्रीसम्मलाई यो के हो भन्दै नेता नेपालले प्रश्न गरेका थिए । पूर्वप्रधानमन्त्री नेपाल बौद्ध र चावेल पुगेपछि हजारौ स्थानीयबासी गुनासो सुनाउन सडकमा पुगेका थिए । नेता नेपालले सडक एक्सन लिएपछि ठेकेदारले सडक विभागलाई दोष लगाएको थियो भने सडक विभागले बिद्युत र खानेपानीमाथी दोष थपार्न खोजेको थियो ।
तर नेता नेपालले जनतालाई सास्ती दिने तर दोष अर्काेको थाप्लोमा हाल्ने काम बन्द गर्न उनीहरुलाई चेतानी दिए । तपाईहरु १५ दिनमा काम सक्नुहोस, सवै निकायले सहयोग गर्छ हामी कुरा गरौला, तर काम १५ दिनमा सकिनु पर्छ म फेरी १५ दिनमा अनुगमन गर्न आउँछु ।’
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: