×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

निर्मला हत्या प्रकरणः यस्तो छ पछिल्लो अपडेट

PRIME CA
GLOBAL IME BANK

निर्मला हत्या प्रकरणः यस्तो छ पछिल्लो अपडेट

८ भाद्र २०७५, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं – गृहमन्त्रालयले कञ्चानपुरकी १३ वर्षीय निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाबारे अनुसन्धान गर्न सह–सचिव हरिप्रसाद मैनालीको नेतृत्वमा उच्च स्तरीय छानबिन समिति गठन गरेको छ । बिहीबार गृहमन्त्रालयमा बसेको बैठकले मैनालीको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको हो ।
पन्तको बलात्कार र हत्या गरेको आरोपमा प्रहरीले स्थानीय दिलिपसिंह बिष्टलाई पक्राउ गरी सार्वजनिक गरेको थियो । प्रहरी अनुसन्धान निष्पक्ष नभएको र बास्तविक अपराधी पक्राउ नगरेको भन्दै आन्दोलन चर्किदै गएको छ ।
बिहीबार प्रहरीले आन्दोलनकारीमाथि गोली चलाउँदा ८ जना घाइते भएका छन् ।
प्रहरीले बलात्कार र हत्या आरोपमा स्थानीय दिलिपसिंह बिष्टलाई पक्राउ गरेपनि उनी वास्तविक हत्यारा नभएको स्थानीयको दाबी छ । स्थानीयले उच्च स्तरीय छानबिनको माग गरेर आन्दोलन चर्काएपछि गृहले बिहीबार समिति गठन गरेको हो ।
सदरमुकाम महेन्द्रनगरमा बिहीबार लगाइएको कर्फ्यु भोली बिहान पाँच बजेसम्म रहनेछ । शुक्रबार बिहान आठ बजेदेखि साँझ ६ बजेसम्मका लागिसमेत कर्फ्यु आदेश जारी गरिएको स्थानीय प्रशासनले जनाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: