
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – पछिल्लो समय निकै लोकप्रिय बनेको पेय पदार्थ माउन्टेन ड्यूमा अखाद्य बस्तु मिसावट भएको पाइएको छ । खोटाङमा मट्टिलेतको स्वादमा ड्यु भेटिएपछि यस्तो रहस्य खुलेको हो । जिल्लाको साकेला गाउँपालिका–४ मात्तिम मानेभञ्ज्याङको एक पसलमा राखिएको ड्युमा मट्टीतेलको गन्ध पाईएको हो । पसलमा बिक्रीका लागि राखिएको जम्बो ड्युमा मट्टीतेलको गन्ध आएपछि उपयोग नै नगरी नष्ट गरिएको छ ।
अर्थ सरोकार डटकमलाई प्राप्त जानकारी अनुसार साकेला गाउँपालिकाका कर्मचारी, ईलाका प्रहरी कार्यालय मात्तिमका प्रहरी, स्थानीय शिक्षक लगायतले पिउनका लागि किनेको २.२५ लिटरको जम्बो ड्युमा मट्टीतेलको गन्ध आएपछि फालिएको हो । साकेला गाउँपालिकाका प्रमुख अर्जुन खड्काले बताए अनुसार ग्लासमा खन्याइएको ड्यु पिउने क्रममा मट्टीतेलको गन्ध आएपछि बोत्तलको मुखमा सुँघ्दा समेत मट्टीतेलको गन्ध आएको हो । मिसावटको शंका लागेपछि पसलमा गएर अन्य जम्बो ड्युको बोत्तल खोल्दा समेत उस्तै समस्या देखिएपछि पसलमा रहेको पाँच कार्टुन ड्यु नष्ट गरिएको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्