
काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीलाई सर्वसाधारणले ‘खड्गप्रसाद नभई करप्रसाद भन्न थालेका छन्’ भन्ने कांग्रेस सांसद अमरेशकुमार सिंहको भनाइप्रति नेकपाका सांसद नवराज सिलवालले आपत्ति जनाएका छन् ।
करको विषयलाई लिएर भइरहेको होहल्ला आवश्यक नभएको उनको दाबी छ । ‘स्थानीय तहको करका बारेमा जुन ‘म्यासिभ ह्यू एन्ड क्राइ’ भइरहेको छ, त्यति आवश्यक थिएन जस्तो लाग्छ,’ सिलवालले भने ।
उनले भने, ‘करको विषय सामाजिक सञ्जालदेखि संसदसम्म पनि व्यापक उठेको छ । हिजो एक जना माननीयले सम्माननीय प्रधानमन्त्रीको नामै लिएर व्यक्तिगत फाइदाका लागि बढी कर उठाउन प्रेरित गर्नुभएको छ भन्ने आसयको धारणा राख्नुभयो । मलाई जहाँसम्म लाग्छ, प्रधानमन्त्रीज्यू मन, बचन र कर्मले मुलुकको समृद्धिका लागि कटिबद्ध नेता हो । उहाँको बारेमा त्यस्तो कमेन्ट आउनुहुन्न जस्तो लाग्छ ।’
सिलवालले स्थानीय तहले उठाएको करको विषयमा भइरहेको विरोधले लोकतन्त्र र संघीयतालाई बदनाम गर्ने चिन्ता व्यक्त गरे । यसअघि कांग्रेस सांसद सिंहले सोमवार संसदको बैठकमा खड्गप्रसाद ओलीलाई करप्रसाद भन्न लागेको आरोप लगाएका थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्