
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ- नविल बैंक लिमिटेडले आर्थिक वर्ष २०७४/७५ को चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार बैंकले ४ अर्ब ५ करोड खूद नाफा आर्जन गरेको छ । बैंकको ४ अर्ब ५ करोड रुपैयाँ वितरणयोग्य मुनाफा हो । अघिल्लो वर्षको नाफा ३ अर्ब ६१ करोड रुपैयाँलाई बढाएर बैंकले आफ्नो नाफालाई यो उचाईंमा पुर्याएको हो ।
६ अर्ब १९ करोड खूद ब्याज आम्दानी बैंकले ब्याजबाट मात्रै ११ अर्ब ३२ करोड बढी आम्दानी गरेको छ । बैंकले समीक्षा अवधिमा १ खर्ब ३५ अर्ब निक्षेप संकलन गरी १ खर्ब १२ करोड कर्जा परिचालन गरेको छ भने संचालन मुनाफालाई ६ अर्ब १९ करोड पुर्याएको छ ।
बैंक खराब कर्जा अनुपातलाई समेत ०.८० प्रतिशतबाट घटाएर ०.५५ प्रतिशतमा झार्न सफल भएको छ । नवीलको प्रतिसेयर आम्दानी ५०.४१ रुपैयाँ, प्रतिसेयर नेटवर्थ २२५ रुपैयाँ, मूल्य आम्दानी अनुपात १८.२७ गुणा, इक्वीटीमा प्रतिफल २४.६७ प्रतिशत तथा सम्पत्तिमा प्रतिफल २.७१ प्रतिशत कायम भएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्