×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नागबेलीको १००% हकप्रद भर्ने बिहीबार अन्तिम दिन, कहाँ जाने भर्न ?

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

नागबेलीको १००% हकप्रद भर्ने बिहीबार अन्तिम दिन, कहाँ जाने भर्न ?

Artha Sarokar

६ भाद्र २०७५, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – नागबेली लघुवित्त वित्तीय संस्थाको १००% हकप्रद सेयर भर्ने बिहीबार अन्तिम दिन रहेको छ  । गत साउन ४ गतेदेखि नागबेलीले १ः१ अनुपातमा १०० रुपैयाँ अंकित मूल्यको ७ लाख ६६ हजार ४६३.१५ कित्ता सेयर बिक्रीमा ल्याइएको हो । यो हकप्रद असार २० गतेसम्म कायम रहेका सेयरधनीले मात्र भर्न पाउनेछन् ।
लगानीकर्ताले बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड, नागपोखरी काठमाडौं तथा एनएमबि बैंकका अधिकांश शाखाबाट आवेदन दिन सकिनेछ । यसैगरी, गुडविल फाइनान्सको हात्तिसार, डिल्लीबजार, इन्द्रचोक र कुमारपाटी शाखा तथा नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट पनि आवेदन दिन सकिनेछ ।
सेन्ट्रल फाइनान्सको कुपण्डोल र चाबहिल शाखा तथा कामना सेवा विकास बैंक, ज्ञानेश्वर काठमाडौंबाट पनि आवेदन दिने व्यवस्था रहेको छ । हाल नागबेलीको चुक्ता पुँजी ७ करोड ६ लाख ४६ हजार रुपैयाँ छ । हकप्रद बिक्रीपछि चुक्ता पुँजी १५ करोड ३२ लाख ९२ हजार ६३० रुपैयाँ पुग्नेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी