×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेशनल हाइड्रोपावरको ‘कन्तबिजोग’ : खुद नाफामा पहिरो, प्रतिसेयर आम्दानी लाजमर्दो ! (विवरणसहित)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

नेशनल हाइड्रोपावरको ‘कन्तबिजोग’ : खुद नाफामा पहिरो, प्रतिसेयर आम्दानी लाजमर्दो ! (विवरणसहित)

१६ श्रावण २०७५, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडले आफ्नो वित्तीय रिपोर्ट सार्वजनिक गरेको छ । कम्पनीले आज आफ्नो वित्तीय रिपोर्ट सार्वजनिक गरेको हो ।  यद्यपी सार्वजनिक भएको विवरण हेर्दा कम्पनीको वित्तीय अवस्था निकै नाजुक देखिएको छ । कम्पनीले असार मसान्तसम्म १४ लाख ६७ हजार ९१३ रुपैयाँ मात्र खुद नाफा कमाएको छ  भने असार मसान्तसम्म यो हाइड्रोपावरले ४ करोड ६३ लाख ६७ हजार ९१८ रुपैयाँमात्र आम्दानी गरेको छ । यसको सेयर पुँजी १ अर्ब ३८ करोड ५९ लाख ११ हजार २०० रुपैयाँ छ ।

अझ दुख लाग्दो कुरा त नेशनलको प्रतिसेयर आम्दानी ४२ पैसामा सीमित रहेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ जम्मा ६८.७३ रुपैयाँ हुँदा कम्पनी बिचराको पात्र बनेको छ ।

कम्पनीका विरुद्ध लेख बहादुर शाही, दिपक कार्की, प्रकाश रैजारे, निर्मल प्रधान, राम बहादुर तामाङ सहितले उच्च अदालत पाटनमा दायर गरेको मुद्दा अझै विचाराधीन हुनु, कम्पनीले राम बहादुर तामाङ विरुद्ध पाटन र काठमाडौं जिल्ला अदालतमा दायर गरेको मुद्दा पनि विचाराधीन नै हुनुले पनि कम्पनीभित्रको चरम विवाद सतहमै ल्याएको छ ।


CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी