
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – भदौ ४ गतेदेखि एनसीसी बैंकको ५०% हकप्रद सेयर बिक्री खुला हुने भएको छ । बैंकले २ः१ अनुपातमा २ करोड ३३ लाख ९५ हजार २९१ कित्ता सेयर बिक्री गर्न लागेको हो । यो हकप्रदमा साउन १४ गतेसम्म कायम सेयरधनीले असोज ७ गतेसम्म आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताले बिक्री प्रबन्धक सनराइज क्यापिटल कमलपोखरी तथा एनसीसी बैंकको प्रधान कार्यालयका साथै यसका सम्पूर्ण शाखाहरुबाट आवेदन दिन सक्नेछन् । यसैगरी, सी–आस्वामा सहभागी सबै बैंक तथा वित्तीय संस्थाबाट पनि हकप्रद भर्न सकिन्छ । बैंकले हकप्रद बिक्रीबाट आएको रकम तरलता व्यवस्थापन, शाखा विस्तारलगायत काममा खर्च गर्ने जनाएको छ ।
हाल यस बैंकको चुक्ता पुँजी ४ अर्ब ६७ करोड ९० लाख ५८ हजार २०० रुपैयाँ छ । बैंकले यही पुँजीको ५०% हकप्रद बिक्री गर्न लागेको हो । हकप्रद बिक्रीपछि एनसीसीको चुक्ता पुँजी ७ अर्ब १ करोड ८५ लाख ८७ हजार ३०० रुपैयाँ पुग्नेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्