×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेकोले गर्यो लोभलाग्दो प्रगति, खुद नाफा ३९.५६% ले वृद्धि

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

नेकोले गर्यो लोभलाग्दो प्रगति, खुद नाफा ३९.५६% ले वृद्धि

४ भाद्र २०७५, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं –  गत आर्थिक वर्षको चौथो त्रैमासमा नेको इन्सुरेन्सले खुद नाफा ३९.५६% वृद्धि गरेर २९ लाख १० हजार रुपैयाँ कमाएको रिपोर्ट सार्वजनिक भएको छ । अघिल्लो वर्ष नेकोले २० करोड ८५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । यस इन्सुरेन्सले ९८ करोड ५० लाख रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको छ । अघिल्लो वर्ष यसले ७४ करोड ६८ लाख रुपैयाँ मात्र बिमा शुल्क आर्जन गरेको थियो । 
यता, पुनर्बिमा कमिसनबाट १५ करोड ३३ लाख रुपैयाँ आम्दानी भएको छ । अघिल्लो वर्ष १३ करोड ३२ लाख रुपैयाँ मात्र पुनर्बिमा कमिसनबाट आम्दानी भएको थियो । यस अवधिसम्म कम्पनीले १ अर्ब ६६ करोड ९ लाख रुपैयाँ कुल बिमा शुल्क आर्जन गरेको छ भने ७३ करोड ७७ लाख रुपैयाँ दावी भुक्तानी गरेको छ ।
भुक्तानी हुन बाँकी दावी रकम ४० करोड ४९ लाख रुपैयाँ छ । यस इन्सुरेन्सको जारी बिमा लेखको संख्या २ लाख ६९ हजार ८२२ पुगेको छ । चुक्ता पुँजी १ अर्ब १७ करोड ६२ लाख रुपैयाँ रहेको नेकोको रिजर्भ कोषमा ३३ करोड ७९ लाख रुपैयाँ छ । चुक्ता पुँजीको आधारमा रिजर्भ कोषलाई मजबुत बनाउँदै लैजानुपर्ने देखिन्छ ।
कम्पनीले बिमा कोषको आकार पनि २८ करोड ४३ लाखबाट बढाएर ४२ करोड ९८ लाख पुर्याएको छ । प्रतिसेयर आम्दानी २४ रुपैयाँ ७४ पैसा (वार्षिक) रहेको नेकोको प्रतिसेयर नेटवर्थ १६८ रुपैयाँ ६० पैसा छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी