Skip to content
LAXMI SUNRISE BANK

विप्लव नेतृत्वको नेकपाको आयोजनामा साउन २९ गते नेपाल बन्द, पढ्नुहोस् कारण गम्भीर छ ! (बिज्ञप्तिसहित)

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं-  नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आफ्ना पार्टीका प्रवक्तासमेत रहेका प्रकाण्डलाई प्रहरीले चन्दा आतंक बढाएको आरोपमा पक्राउ गरेपछि  चसाउन २९ गते नेपाल बन्दको घोषणा समेत गरेको छ  । प्रवक्ता प्रकाण्ड गिरफ्तारप्रति परेपछि विप्लवले बुधबार विज्ञप्ति जारी गर्दै सम्पूर्ण राजनीतिक मूल्य मान्यतालाई मिच्दै ओली प्रचण्ड सरकारले कायरतापूर्ण गिरफ्तारी गरेको भन्दै आपत्ति समेत जनाएका छन् । साथै बिनाकारण गिरफ्तार गरिएका प्रवक्ता प्रकाण्डसहित सम्पूर्ण पोलिटब्युरो सदस्य, केन्द्रीय सदस्य र अन्य नेता कार्यकर्ताहरुलाई तत्काल रिहा नगरे कडा संघर्षमा जाने चेतावनी दिएका छन् ।
‘हाम्रो पार्टी राजनीतिक विचारका आधारमा गरिएको गिरफ्तारी बन्द गर्न, गिरफ्तार कमरेड प्रवक्ता प्रकाण्ड, पीबीएम कमरेडहरु, सीसीएम कमरेडहरूलगायत सबै कमरेडहरूलाई बिनासर्त रिहा गर्न जोडदार माग गर्दछ ।’ महासचिव विप्लवद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ – ‘अन्यथा पार्टी फासिवादी दमनको सशक्त बिरोध गर्ने चेतावनी दिन चाहन्छ ।’प्रवक्ता प्रकाण्डलाई प्रहरीले मंगलबार राति साढे ७ बजे काठमाडौंको चोभारबाट गिरफ्तार गरेको हो । प्रहरीले प्रकाण्डसहित हरिशचन्द्र आचार्य र मिनबहादुर श्रेष्ठलाई समेत गिरफ्तार गरेको छ ।
हेर्नुहोस् विज्ञप्ति
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK