
काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिला हिंसालाई रोक्न सरकार गम्भीर हुनुपर्ने बताएका छन् ।
बुधबार चितवनमा निर्माण व्यवसायी संघको अधिवेशनको उद्घाटन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले पछिल्लो समय महिला हिंसाका घटना बढ्दै गएकोमा चिन्ता व्यक्त गरेका हुन् ।
उनले कञ्चनपुर, पोखरा, गोरखा, काठमाण्डु लगायतका स्थानमा महिला हिंसका घटना बढ्दै गएको भन्दै उनले भने, ‘महिला हिंसालाई सरकारले गम्भीर रुपमा नियन्त्रण गर्नुपर्छ ।’
प्रचण्डले सरकार हिंसा नियन्त्रणमा लागि परेको भन्दै नयाँ अवस्थामा जाँदा केही गल्ती हुने र समस्या आउने भन्दै तिनलाई सच्याउँदै अगाडि बढ्नुपर्ने बताए ।
अध्यक्ष प्रचण्डले सरकारले व्यवसायीलाई संरक्षण गर्न नसकेका कारण रोजगारीका नाममा लाखौँ युवा विदेश पलायन हुनुपरेको बताए । सरकारले सबैखालका व्यवसायीलाई संरक्षण गर्ने र व्यवसायीले नाफा कमाउने ग्यारेन्टी गर्नुपर्ने उनको भनाइ थियो ।
‘व्यवसाय गर्ने जो सुकैको उद्देश्य पनि नफा कमाउने हुन्छ’, उनले भने, ‘सरकारले व्यवसायीलाई नाफा कमाउने स्वतन्त्रता दिनुका साथै ग्यारेन्टी समेत गर्नुपर्छ ।’
स्वदेशमै रहेका उद्योगी व्यवसायीलाई संरक्षण गर्न नसके विदेशी लगानी भित्राउन नसकिने र उल्टै स्वदेशी पुँजी पलायन हुने अवस्था आउने उनको भनाइ थियो ।
अध्यक्ष प्रचण्डले विकास र समृद्धिका लागि कर आवश्यक रहेको बताए । सरकारले कर लगाउन पाउने भन्दै उनले विकास र समृद्धिका लागि पनि करको दर बढाउनै पर्ने दावी गरे । जनताबाट कर लिएपछि राज्यपनि जवाफदेही बन्नु पर्ने उनको भनाइ थियो ।
‘शिक्षा, स्वास्थ्य र अन्य क्षेत्रमा निशूल्क व्यवस्था गरेपछि कर त लिनै प¥यो’, उनले भने, ‘कतिपय स्थानीय तहले हाँस्यास्पद शीर्षकमा समेत कर लिएको पनि पाइयो, यस्तो चाँही नगरिदिनु होला ।’
अध्यक्ष प्रचण्डले इतिहासबाट पाठ सिकेर अगाडि बढ्ने बताए । उनले नेपाललाई समृद्ध बनाएरै छाड्ने दावी समेत गरे ।
‘हिजो संविधान बन्दैन भन्थे, बनाइयो, चुनाव गर्न सक्दैनन् भन्थे, गराइयो,’ उनले भने, ‘अब समृद्ध नेपाल बनाएरै छाडिन्छ ।’
प्रचण्डले ठूला निर्माण व्यवसायी (ठेकेदार) र सरकारका सचिवबीच सेटिङ हुने गरेको आरोप लगाएका छन् । उनले आफूले ल्याएका योजना लत्याउँदै सचिवहरूले आफ्नै सुर गर्ने गरेको बताए ।
‘पाँच–सातवटा पुल एउटैले ओगटेको छ । समयमा काम पनि गर्दैनन् । यसो नगरौं प्याकेजमा दिने हैन पार्टपार्ट गरेर दिने नियम बनाउँ भने,’ प्रचण्डले भने । सचिवहरूले पहिला हुन्छ भने पनि पछि आफ्नै सुर गरेको प्रचण्डले बताए ।
‘मैले भनेको हो तर सफल भइनँ । मानेनन् सचिवहरूले । त्यहाँ त सेटिङ हुँदो रहेछ सेटिङ । ठेकेदारसँग चट्ट सेटिङ मिलाएको हुँदो रहेछ,’ प्रचण्ड भने, ‘पार्टपार्ट दिए उस्ले भन्दा र राम्रोसँग काम सक्नु पर्छ भन्ने प्रतिस्पर्धा पनि हुने ।’
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्