
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंक लि.ले काठमाडौंको गौशालास्थित पशुपतिनाथ प्राङ्गढंमा आफ्नो सातौ एक्स्टेन्सन काउन्टर खोलेको छ । एक्स्टेन्सन काउन्टरको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदिप ढकाल र बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेले संयुक्त रुपमा उद्घाटन गर्नुभयो । मन्दिरमा अाउने श्रदालुभक्तजनहरुले प्रदान गर्ने दान–दक्षिणालाई संकलन गर्न काउन्टरले सहयोग गर्नेछ ।
नेपाल इन्भेष्टमेण्ट बैंक लि.ले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न कला तथा सस्कृति एवम् पुरातात्विक क्षेत्रमा सहयोग पु¥याउदै आएको छ ।यसै संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पशुपति क्षेत्र विकास कोषसंग मिलेर विगत लामो समयदेखि बैंकले पशुपति क्षेत्रका विभिन्न मठमन्दिर तथा घाटहरुको निर्माण तथा पुनर्निमाण गरिरहेको छ । पशुपतिको धार्मिक महत्व झल्काउने ऐतिहासिक पशुपति संग्राहलय स्थापनार्थ बैंकले २०७२ सालको महाभूकम्पले जिर्ण बनाएको महास्नान घरको पुनर्निर्माण गरिरहेको छ भने पशुपति क्षेत्रको सरसफार्ईमा समेत आर्थिक सहयोग गर्दै आएको छ ।
आठ लाख ७० हजार भन्दा बढी उपभोक्ता रहेको नेपाल इन्भेष्टमेण्ट बैंक लि.को हाल ७७ वटा शाखा तथा १०१ वटा एटिएम छ । ५ लाख ५० हजारभन्दा बढी भिसा डेबिट कार्ड प्रयोगकर्ता रहेको बैंकको ५९ वटा शाखारहित बैंकिङ सुविधा तथा नौ वटा राजश्व संकलन केन्द्रका साथै बैंकको संजालमा ७९० बढी भिसा तथा एनपिएन सदस्य बैंकका एटिएम रहेको छ । भर्खरै यूरोमनि अवार्ड–“उत्कृष्ट बैंक नेपाल– २०१८” जितेको बैंकले पाँच पटकसम्म “बैंक अफ द इयर” अवार्ड प्राप्त गरिसकेकोे छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्