
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ- नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७४/७५ को चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक भएको विवरण अनुसार कम्पनीले ४७ करोड ९२ लाख खूद नाफा कमाएको छ । समीक्षा अवधिमा १६ अर्ब बढी बिमा शुल्क आर्जन गर्दा कम्पनीले पुनर्बिमा कमिसनबाट १ करोड ६४ लाख आम्दानी गरेको छ ।
यता कम्पनीले लगानी कर्जा तथा अन्यबाट ३ अर्ब ९७ करोड आर्जन गरेको विवरणमा उल्लेख छ । बिमालेखको धितोमा कर्जाबाट हुने आय भने ९० करोड ९८ लाख छ । यता कम्पनीले समीक्षा अवधिमा ५ अर्ब ४३ करोड खूद दाबी भुक्तानी गरेको छ भने कम्पनीको जगेडाकोषको आकार ३ अर्ब ४७ करोड छ ।
समीक्षा अवधिमा नेपाल लाइफको प्रतिसेयर आम्दानी १०.९० रुपैयाँ छ भने प्रतिसेयर नेटवर्थ १८७.५४ रुपैयाँ छ । कम्पनीको पीई अनुपात ९६.३३ गुणा कायम भएको छ भने औसत प्रतिफल दर १०.८३ प्रतिशत कायम भएको छ ।


Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्